भारतमा गुगललाई १३ अर्ब भारू जरिवाना

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७९, शनिबार अर्थ

भारत । भारत सरकारले अमेरिकी टेक जायन्ट कम्पनी गुगलमाथि १३ अर्ब भारू जरिवाना लगाएको छ । भारतको नियामक निकायले बजारमा मोनोपोली कायम गरेको भन्दै १६१ मिलियन अमेरिकी डलर जरिवाना लगाएको हो ।

 

भारतको नियामक निकायका अनुसार गुगलले स्मार्टफोन निर्माता कम्पनीहरूसँग एकतर्फी सम्झौता गरेर भारतीय बजारमा दबाब कायम गरेको छ । तर, अहिलेसम्म अमेरिकी कम्पनीले भारत सरकारको निर्णयप्रति कुनै प्रतिक्रिया जनाइसकेको छैन ।

कम्पिटिशन कमिशन अफ इन्डिया(सीसीआई)ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘गुगलले स्मार्टफोन, वेभ खोज, ब्राउजिङ र भिडियो होस्टिङ सेवाका दायराका लागि एन्ड्रोइड अपरेटिङ सिस्टमको इजाजतपत्र दुरूपयोग गरिरहेको छ ।’ सीसीआईका अनुसार गुगलले स्मार्टफोन निर्माताहरूलाई युट्यूब, क्रोम, गुगल म्याप र अन्य एप राख्न दबाब नै दिँदै आइरहेको छ ।

यो प्रवृत्तिले बजारमा गुगलको एकछत्र राज चलिरहने र प्रयोगकर्ताको व्यक्तिगत विवरणमाथि गुगलकै एकाधिकार रहिरहने समेत नियामकले जनाएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार