बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते एकको अवस्था गम्भीर

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७९, शुक्रबार समाचार

मधुवन । बर्दियामा पाटेबाघको आक्रमणबाट दुईजना घाइते भएका छन् । भारतको कतर्नियाघाट वन्यजन्तु आरक्षको जङ्गलमा च्याउ खोज्न गएका बेला बर्दिया जिल्ला गुलरिया नगरपालिका–१ खैरापुर बस्ने ३२ वर्षीय राकेश लोध र सोही जिल्ला मधुवन नगरपालिका–७ बस्ने ४१ वर्षीय सोम श्रेष्ठ बाघको आक्रमणमा परी घाइते भएको इलाका प्रहरी कार्यालय ढोढरी बर्दियाका प्रहरी निरीक्षक महेन्द्रजङ्ग बुढथापाले जानकारी दिए ।

साँझ ५ः३० बजे च्याउ खोज्ने क्रममा पाटेबाघले आक्रमण गरेको थियो । घाइतेमध्ये सोम श्रेष्ठ गम्भीर छन् । उनको दाहिने खुट्टा क्षतविक्षत छ भने शरीरका विभिन्न भागमा बाघको नङ्ग्राले चिथोरेको छ । उनका साथमा गएका राकेश लोध भने सामान्य घाइते रहेको मधुवन–७ का वडाध्यक्ष राजेन्द्र हमालले जानकारी दिए । घाइतेको उपचारका लागि भेरी अञ्चल अस्पताल नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार