पहिरो पन्छाउने काम तीव्र गतिमा हुँदै

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७९, शुक्रबार समाचार

जुम्ला । गएको असोज १९ देखि २४ गतेसम्म परेको अविरल वर्षाले कर्णाली राजमार्ग पूर्णरुपमा क्षति भएको छ । माथिल्लो कर्णालीवासीको सबैभन्दा सहज माध्यम भनेको कर्णाली राजमार्ग हो । यही राजमार्ग भएर देशका विभिन्न स्थनमा कर्णालीका बासिन्दा पुग्ने गरेका छन् । अहिले बाढी पहिराले राजमार्ग ठप्प हुँदा यहाँका नागरिकलाई सास्ती भएको छ । स्थानीय प्रशासन, स्थानीय तह र सडक डिभिजन कार्यालयका प्रतिनिधि राजमार्गको पहिरो हटाउन रातदिन सडकमै रहेर तीव्र गतिमा काम गरिरहेको कार्यालय प्रमुख राजीव श्रेष्ठले जानकारी दिए।

कर्णाली राजमार्ग पूर्णरुपमा खुल्न अब २६ किलोमिटर मात्र बाँकी रहेको छ । जुम्ला–सुर्खेत सडकखण्डको दुई सय ३२ किलोमिटरमध्ये २६ किलोमिटर कालिकोटको शेराबाडादेखि नाग्मसम्म पहिरो पन्छाउने काम भइरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

अविरल वर्षाको बाढीपहिराले कर्णाली राजमार्ग छेदविच्छेद भएको थियो । पहिरो पन्छाउने काम निरन्तर चलिरहेको छ । सुर्खेतदेखि कालीकोटको शेराबाडासम्म सवारी साधन सहजरुपमा चलिरहेका छन् । कार्यालय प्रमुख श्रेष्ठले भने, “झन्डै १५ देखि २० डोजर पहिरो पन्छाउन काममा प्रयोग गरिएको छ ।”

ठूलाठूला ढुङ्गाको पहिरो आएकाले ब्लास्ट गर्ने काम पनि भइरहेको छ । प्रहरी प्रशासन, स्थानीय जनप्रतिनिधि, सडक डिभिजन कार्यालय र नेपाली सेनाको सक्रियतामा सडक खुलाउने काम भइरहेको सडक डिभिजन कार्यालयका प्रमुख श्रेष्ठले जानकारी दिए। नाग्म–गमगढी राजमार्गको जम्मा ९३ किलोमिटरमध्ये १३ किलोमिटरभित्रको पहिरो हटाउन काम बाँकी रहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार