आचारसंहिता कार्यान्वयन गर्न जुम्लाका राजनीतिक दल र उम्मेदवारसँग छलफल

उज्यालो प्रतिनिधि ४ कार्तिक २०७९, शुक्रबार समाचार

 

जुम्ला । जिल्ला निर्वाचन कार्यालय र मुख्य निर्वाचन अधिकृतको कार्यालयले यहाँका राजनीतिक दल र उम्मेदवारसँग निर्वाचन आचारसंहिता कडाइका साथ कार्यान्वयन गर्न छलफल गरेको छ ।

निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन गर्न राजनीतिक दल तथा उम्मेदवारलाई सातबुँदे निर्देशन दिएलगत्तै यहाँका राजनीतिक दल सम्बद्ध उम्मेदवारलाई आचारसंहिता पूर्णपालन गराउन मुख्य निर्वाचन अधिकृतको कार्यालयमा छलफल गरिएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले बताए । उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेमा आयोगले जारी गरेको ऐनअनुसार कारबाही गरिने निर्वाचन कार्यालयका प्रमुख महेश शर्माले जानकारी दिए ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी आचारसंहिताविपरीतका अन्य व्यवस्थाको उल्लङ्घन भएमा प्रचलित कानुनबमोजिम जरिवाना तथा उम्मेदवारी खारेजसम्मको सजाय हुनसक्ने भएकाले राजनीतिक दल तथा उम्मेदवारले निर्वाचन आचारसंहिताको व्यवस्था आफूले पालना गर्न र अरुलाई समेत पालना गर्न लगाउन आयोगले निर्देशन दिएको छ ।

यहाँका स्थानीय तहका निर्वाचित जनप्रतिनिधिसमेत पार्टीको प्रचारप्रसारमा सहभागी हुने र स्थानीय तहको स्रोत साधन प्रयोग भएकाले आयोगले अनुगमन गर्नुपर्ने नेकपा (एमाले) का अध्यक्ष शान्तिलाल महतले बताए। निर्वाचन आयोगले जारी गरेको आचारसंहिता पालन गर्ने यहाँका राजनीतिक दल र उम्मेदवारले कार्यान्वयमा जोड दिने प्रतिबद्धता जनाएका छन् ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार