जलवायु परिवर्तनका कारण एक अर्ब बालबालिका उच्च जोखिममा

उज्यालो प्रतिनिधि २ कार्तिक २०७९, बुधबार विश्व

स्विडेन।  जलवायु परिवर्तनको हानीका कारण करिब एक अर्ब बालबालिका ‘अत्यन्त उच्च जोखिममा’ रहेको  एक अधिकार समूहले बुधवार चेतावनी दिएको छ । युवाहरूको जीवनस्तर पछिल्लो दशकमा सुधार हुन असफल भएको पनि सो समूहले जनाएको छ ।

किड्सराइट्स सूचकांकले विश्वका एक तिहाइ भन्दा बढी बालबालिका (करिब ८२० मिलियन) हाल गर्मीको लहरमा परेको जनाएको छ । संयुक्त राष्ट्र संघीय नियकाले प्रदान गरेको तथ्यांकका आधारमा उक्त तथ्यांक निकालिएको हो ।

पानीको अभावले विश्वभर ९२ करोड बालबालिकालाई असर गरेको छ, जबकि मलेरिया र डेंगु जस्ता रोगहरूले झन्डै ६० करोड बालबालिकालाई असर गरेको डच एनजीओ किड्सराइटले जनाएको छ ।

बालबालिकाको अधिकारको वार्षिक रूपमा कसरी सम्मान गरिन्छ भनेर  मापन गरिन्छ । सूचांकअनुसार १८५ देशहरुमध्ये आइसल्याण्ड, स्वीडेन र फिनल्याण्डलाई बालबालिकाको अधिकारको लागि उत्कृष्ट मानिएको छ भने सिएरा लियोन, अफगानिस्तान र चाडलाई सबैभन्दा खराबको रूपमा मापन गरिएको छ ।

 

उज्यालो नेटवर्कका अरु समाचार पनि पढ्न सक्नुहुन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार