नक्कली दाँत अड्किएर महिलाको मृत्यु

उज्यालो प्रतिनिधि १ कार्तिक २०७९, मंगलवार रोचक बिचित्र

काठमाडौँ । ४८ वर्षकी कोलम्बियाकी एक महिलाको नक्कली दाँत अड्किएर मृत्यु भएको छ । कुनै दुर्घटना नहोस् भनेर डाक्टरले सुत्ने बेलामा नक्कली दाँत निकालेर सुत्न सल्लाह दिन्छन् । तर कोलम्बियाको अर्मेनिया क्षेत्रकी ४८ वर्षकी मारिया फारियाज गुजम्यानले डाक्टरको यो सुझावको पालना गरिनन् । अडिटी सेन्ट्रलका अनुसार ती महिलाले आफ्नो नक्कली दाँत लिएर सुत्न गइन् । निदाएका बेला उनको त्यो नक्कली दाँत घाँटीमा गएर अड्कियो । मारियाको परिवारका सदस्यले पछि डाक्टरसँगको कुराकानीमा ती महिलाको कोठाबाट अचम्मको आवाज आइरहेका कारण के भइरहेको छ भनेर हेर्न जाँदा उनको सास रोकिएको देखेको बताए ।

 

त्यसपछि उनलाई नजिकैको हस्पिटल डेल सर लगियो जहाँ डाक्टरले उनको घाँटीमा अड्किएको वस्तु निकाल्न कोसिस गरे तर उनीहरुको कोसिस विफल भयो । उनलाई डाक्टरले मृत घोषित गरे ।

‘महिलालाई अस्पताल ल्याउँदा उनले कुनै महत्वपूर्ण लक्षण देखाइरहेकी थिइनन् । डाक्टरले उनको श्वासनली खाली गर्ने विभिन्न जुक्ति निकाले तर उनले कुनै पनि प्रतिक्रिया दिइनन्,’ क्विन्डियो प्रहरी विभागका कोरोनेल विलियम अल्बर्टो जुबिटा पारडोले पत्रकारसँगको कुराकानीमा भने ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार