दाङ क्षेत्र नं. १ (ख) मा नेता स्व : खुमबहादुरको झल्को उमेदवार खड्का, केसीबिच रोचक भिडन्त

शिवु खनाल ३१ आश्विन २०७९, सोमबार फोटो समाचार

देउखुरी । सत्ता गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं।१ प्रदेश (ख) को उम्मेदवार बनेका नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि अनुराग खड्का झन् बलियो बन्दै छन् । नेपाली कांग्रेसका प्रभावशाली नेता स्वर्गीय खुमबहादुर खड्काले जनतालाई बाडेका सपना पुरा गर्न उनको छोरा अनुराग खड्का दाङ क्षेत्र नं. १ प्रदेश (ख) बाट उमेदवार बनेको भन्दै निर्वाचन क्षेत्रका मतदाताले खुसि व्यक्त गर्न थालेका छन् । खड्का उमेदवार बनेपछि नेता स्वर्गीय खुमबहादुर खड्काले समग्र दाङमा गरेको विकास र उनले पु¥याएको योगदानको चर्चा मतदाताले गर्न थालेका हुन् । जसले गर्दा झनै उमेदवार अनुराग खड्का बलियो बन्दै जान थालेका हुन् । अनुराग खड्का उमेदवार बन्दा राजपुर गाउँपालिका वडा नम्बर ४ दुलैया निवासी धरमबहादुर यादवले भने,–। ‘मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनले नेता स्वर्गीय खुमबहादुर खड्काको झल्को दिएको छ ।’

गठबन्धनले दाङ क्षेत्र नं. १ प्रदेश (ख) को अनुराग खड्कालाई उमेदवार बनाएको छ । उमेदवार खड्का नेकपा एमालेका उमेदवार कुलबहादुर केसीसंग प्रतिस्पर्धाका लागि चुनावी मैदानमा होमिएका छन् । कुलबहादुर केसी लमही नगरपालिकाका पूर्व नगर प्रमुख समेत हुनुहुन्छ । केसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जोगराज चौधरीलाई पराजित गर्दै नगर प्रमुखमा निर्वाचित हुनु भएको थिए । खड्का र केसी आगामि मंसिर ४ गते हुने प्रदेशसभा सदस्यका लागि भिड्दै हुनुहुन्छ । कुलबहादुर केसीले पहिले खड्काका विश्वास पात्र र अहिले उनका पुत्रसंग निर्वाचनमा होमिदा झनै रोचक लागेको बताए । उनले भने,–। ‘खुमबहादुर खड्का र मेरो सम्बन्ध पारिवारिक नै हो, अहिले उनको पुत्रसंग निर्वाचनमा भिड्दै गर्दा रोचक र प्रतिस्पर्धात्मक नै हुने देखेको छु ।’ नगर प्रमुख भएर गर्न नसकेका अधुरा काम गर्नको लागि आफु पुनः प्रदेश साँसदको लागि निर्वाचनमा होमिएको उनको तर्क रहेको छ ।

अनुराग खड्काको राजनीतिक प्रवेशले आफु खुसी भएको र यूवा शक्ति राजनितिक गतिविधिमा लाग्नु सकरात्मक पक्ष रहेको उमेदवार केसीले बताए । उनले आफू चुनाव जित्ने दाबी गर्नुहुन्छ । लमही नगरको नेतृत्वमा बसेर गरेको कामका कारण चुनाव जित्ने उनको भनाई छ । अनुराग खड्काले पनि पूर्व मेयरसंगको राजनीतिक प्रतिस्पर्धा रोचक र आकर्षक भइरहेको बताए। उनले भने,–। ‘उनले पनि जनताको मन जितेरै मेयरमा निर्वार्चित हुनुभएको होला, म आफै यूवा भएकाले चुनौतीलाई अवसरमा बदल्ने प्रयासमा छु, उहाँ मेरो बुवा सरहको राजनीतिक व्यत्तित्व हो । अग्रजसंगको प्रतिस्पर्धा रमाइलो नै भइरहेको छ ।’ आफु आफ्नो बुवाका सपना पू्रा गर्न राजनीतिमा प्रवेस गरेको जानकारी दिदै खड्काले नाकामा सडक, शिक्षा स्वास्थ्य र रोजगारी नै आफ्नो प्रमुख एजेन्डा रहेको बताए ।

(क)मा उमेदवार थारु, भट्टराई आमनेसामने 

त्यसैगरी सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य एवम् लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारु आगामि मंसिर ४ गते हुन गइरहेको दाङ क्षेत्र नं. १ प्रदेश (क) निर्वाचनका लागि नेकपा एमालेका उमेदवार गंगाराम भट्टराई बचि प्रतिस्पर्धा हुदैँछ । उमेदवार थारु प्रत्येक्ष निर्वार्चित भइ पहिलो संविधान सभा सदस्य समेत हुनुहुन्छ भने भट्टराई जिल्ला सुकुम्बासी आयोगको पूर्व अध्यक्ष हुनुहुन्छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार