अन्योलमा नपरी तिहार मनाउन तलेजुको आग्रह

उज्यालो प्रतिनिधि ३१ आश्विन २०७९, सोमबार समाचार

भक्तपुर । यस वर्षको तिहार कति गतेदेखि मनाउने भन्ने अन्योल रहेको अवस्थामा भक्तपुर तलेजुले कात्तिक ७ देखि तीन दिन तिहार मनाउन आग्रह गरेको छ । तिहारका बारेमा जनमानसमा अन्योल र भ्रम पैदा भएको भन्दै आज तलेजुका मूल गुरु, पुजारीसहितले तिहारको शुभसाइत निर्क्यौल गर्दै कात्तिक ७, ८ र ९ गते तिहार मनाउन आग्रह गरेको हो ।

 

भक्तपुर तलेजुका मूल पुजारी नरेन्द्रप्रसाद जोशीले भने, “तिहार कहिले मनाउने भन्नेबारेमा विवाद रहेको पाइयो, त्यसैले तलेजुले साइत निकालेको छ, अब विवाद गर्नु पर्दैन, कात्तिक ७ गते लक्ष्मी पूजा, ८ गते म्ह पूजा ९गोवर्दन पूजा० र ९ गते किजा पूजा अर्थात् भाइटिका गर्ने तलेजुले निर्णय गरेको छ, सोही अनुसार गर्नुहुन सबैमा आग्रह गर्दछौँ ।”

यस वर्ष कसैले ८, ९ र १० गते तिहार मनाउने र कसैले ७, ८, ९ र १० गते तिहार मनाउने भन्दै विवाद भएको थियो । नेपाल पञ्चाङ्ग निर्णायक समितिले क्यालेन्डर बनाउँदा सरोकारवाला निकायसँग छलफल नगरी निर्णय गर्दा केही वर्षयता यस्ता विवाद आइरहेको भन्दै जोशीले भने, “पञ्चाङ्ग निर्णायक समितिले चाडपर्व ,संस्कृतिको निर्णय गर्दा सरोकारवालालाई पनि राखेर निर्णय गर्न छाडेको छ, त्यसैले केही वर्षयता यस्ता समस्या आएका छन्, यसतर्फ समितिले ध्यान दिनुपर्छ ।”

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार