थुम्पाखरमा व्यावसायिक कालिजपालन

उज्यालो प्रतिनिधि ३१ आश्विन २०७९, सोमबार समाचार

चौतारा । जङ्गलीमा पाइने कालिजको चोरी सिकारी रोक्न घरेलु कालिजपालन सुरु गरिएको छ । पछिल्लो समय आकर्षणमा रहेको जङ्गली कालिजको चोरीशिकारी हुन थालेपछि घरमै व्यावसायिकरुपमा पालन सुरु गरिएको हो ।

विशेष गरी पहाडी भेगभन्दा माथिल्लो स्थानमा पाइने जङ्गली कुखुरा (कालिज)को मासुको माग स्थानीयस्तरमा बढेको छ । लेक तथा पहाडी जङ्गलीमा पाइने जडीबुटी खाएर हुर्कने कालिजको चोरी सिकारी हुँदा लोप हुने अवस्थामा पुगेपछि स्थानीय युवाले घरमै कालिजको व्यावसायिक पालन गरेका हुन् । गाउँमै रोजगारीको वातावरण सिर्जना पनि हुने र युवालाई विदेश पलायन रोक्ने उद्देश्यले कालिजपालन सुरु गरिएको हो । स्थानीय युवा मिलेर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका–६ थुम्पाखरमा कालिज व्यवसाय थालनी गरिएको रामचन्द्र कार्कीले जानकारी दिए । उनले भने ,“जङ्गलीमा पाइने कालिजलाई लुकीछिपी चोरी सिकारी हुन्छ, यसको रोकथाम हुनुपर्छ भन्ने हामीले ठानेका छौँ । ” उनले जङ्गली कालिजकै स्वाद दिलाउने हेतुले घरमै कालिजपालन सुरु गरिएको बताए । गाउँकै अन्नलाई दानाको रुपमा प्रयोग गरेकाले जङ्गलीमा पाइने कालिजको जस्तै स्वाद पाइने उनको दाबी छ ।

यो व्यवसाय गाउँमै रहेका सात कार्की परिवारका युवा मिलेर गरेका हुन् । उनीहरुले व्यवसायलाई भगवती वाइल्ड एण्ड क्याटल प्रोडक्ट प्रालि नामकरण गरेका छन् । साँगाबाट रिङनेट जातको कालिजको ५३ चल्ला ल्याएर सुरु गरिएको हो । कालिज अहिले मासुका लागि योग्य भइसकेको जनाइएको छ । जङ्गलीमा देखेको कालिज काभ्रेको साँगा र पोखरामा रहेको साथीहरुको फार्ममा पालेको देखेपछि हाइड्रोपावर व्यवसायी रामचन्द्रको मनमा पनि आफ्नो गाउँमा कालिज पालन व्यवसाय गर्ने सोच पलाएपछि आफ्ना दाजुभाइको सल्लाहअनुसार व्यवसाय सुरु भएको हो ।

उनका अर्का साझेदार यज्ञराज कार्कीका अनुसार मासुका लागि कालिज मात्र नभएर अण्डा र चल्लासमेत उत्पादन गर्ने लक्ष्यका साथ व्यवसायमा सुरु गरिएको हो । “हामी मासुका लागि कालिजसहित चल्ला र अण्डा उत्पादनलाई पनि जोड दिन्छौँ”, उनले भने, “हामी मात्रै नभएर सिङ्गो गाउँ र आसपासलाई कालिजको हब बनाउने हाम्रो लक्ष्य हो ।”

राजधानीका विभिन्न रेष्टुराँमा मात्र नभई जिल्लाकै सुकुटेलगायतका पर्यटकीय क्षेत्रका होटलले कालिज उपलब्ध गराउन आग्रह गरेको अर्का सञ्चालक मधुराम कार्की बताए । राम्रो उत्पादन नै सुरु नभई पर्याप्त माग आउन थालेको उनले बताए । उनीहरु कालिज हेर्न आउने आन्तरिक पर्यटकलाई होमस्टेको व्यवस्था गरी घरमै कालिजको मासु खाने प्रबन्ध मिलाउने तयारीमा समेत लागेका छन् ।

कालिज पालन सुरु गरेसँगै उनीहरुले केही समस्या पनि झेलिरहनुभएको छ । कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ नहुँदा कुखुरालाई गर्ने उपचार गराउनुपरेको रामचन्द्रले गुनासो गरे । अन्य मुलुकमा कालिजको उपचार गर्ने छुट्टै विशेषज्ञ भए पनि नेपालमा अझै यसको व्यवस्था हुन नसकेको उनको गुनासो थियो । कालिजको बिमा गर्ने व्यवस्था नहुँदा जोखिमसमेत आफैँले व्यहोर्नुपर्ने अवस्था रहेको यज्ञले बताए ।

“कालिजको बिमा गर्ने कुरा गर्दा ब्रोइलर कुखुराको मूल्यमा गर्नुपर्ने रहेछ”, उनले भने “त्यो मूल्यमा बिमा गर्दा त कालिजको मूल्यको पाँच प्रतिशत पनि जोखिम बहन हुँदैन ।” उपचार सेवा र बिमाको व्यवस्था गर्न उनीहरुले सरकारसँग माग गर्नुभएको छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार