कमल राज पुरी
काठमाडौ । गुल्मीमा सत्ता गठबन्धनका उम्मेदवार माथी आक्रमण भएको छ । मदिरा सेवान गरेर दुव्र्यवहार गर्न खोज्ने एमाले कार्यकर्ता पक्राउ परेका छन् । जिल्लाको धुर्कोट गाउँपालिका ३हाडहाडेमा आइतबार साझ काङ्ग्रेसका समानुपातिक पदका उम्मेदवार त्रैलोक्य प्रताप सेन र प्रदेश ख का गठबन्धनका साझा उम्मेदवारमाओवादी केन्द्रका नेता बुद्धि जिसी सहितको टोली माथी हातपात भएको प्रहरीले जनाएको छ ।
हातपात गर्ने एमालेका कार्यकर्ता अन्दाजी २६ वर्षीय लेख बहादुर नगरकोटी र अन्दाजी वर्षीय ५६ टेक बहादुर नगरकोटीलाई इलाकाप्रहरी कार्यालय पुर्कोट दहले नियन्त्रणमा लिइएको छ । हिजै साझ प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको बताएको छ । यतागठबन्धनका साझा उम्मेदवार बुद्धि जिसीले गठबन्धनका उम्मेदवारको जित सुनिश्चित भए पछि एमाले अतालिएर भौतिक आक्रमणमालागेको प्रतिक्रिया दिएका छन् ।
आफुहरु संयमित हुँदा पनि एमालेका कार्यकर्ता मदिरा सेवन गरेर आफूहरु माथी भौतिक आक्रमण उत्रनु दुस्खद रहेको काङ्ग्रेसका नेतात्रैलोक्य प्रताप सेनले उज्यालो नेटवर्कलाई बताए । साथै आफुहरुले प्रयोग गर्दै आएको बा १६ च ४०८ नम्बरको सवारीमा क्षेती पुराएको भन्दै त्यसकोक्षेतीपुर्तीको माग गर्दै कानुन उपचारका लागि अगाडि बढ्ने गठबन्धनका नेताहरूले बताएका छन् ।
सत्ता गठबन्धनको तर्फवाट गुल्मी क्षेत्र नम्बर (२ (ख) प्रदेश सभाका उम्मेदवार तथा माओबादी केन्द्रका जिल्ला सँयोजक बुद्धि जिसीले एमालेले हार मानसिकताका कारण भौतिक आक्रमणमा उत्रिएको बताएका छन भने जनताले अब परिवर्तनका पक्षमा मतदान गरि आफुहरुलाई बिजयी गराउने बिश्वास ब्यक्त गरेका छन । त्यसै घटनालाई लिएर माओबादी केन्द्रका नेता भरत चन्दले आफुहरुले हतियार बुझाए पनि बनाउन र चलाउन नविर्सेको बताउदै हार मानसिकता बोकेर मुढभेड नगर्न चेतावनी समेत दिएका छन ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।