ओरालो लाग्यो परिसूचक र कारोबार

उज्यालो प्रतिनिधि ३० आश्विन २०७९, आईतवार अर्थ

काठमाडौँ । साताको पहिलो दिन धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ओरालो लागेको छ । नेप्से परिसूचकसँगै कारोबार रकम पनि ओरालो लागेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।

नेप्से परिसूचक नौ दशमलब ६९ अङ्कले ओरालो लागेर एक हजार आठ सय ६० दशमलब ९४ मा सिमित भएको छ । यस्तै, ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक उक दशमलब ७२ अङ्कले ओरालो लागेर तीन सय ६५ दशमलब ४२ मा सिमित भएको छ ।

कूल दुई सय २१ कम्पनीको २५ लाख ७४ हजार सात सय ८५ कित्ता शेयर रु ८० करोड ३५ लाख २५ हजार पाँच सय ३३ मूल्यमा खरिद बिक्री भए । कारोबार भएका कूल १३ उपसमूहमध्ये आज दुई उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने ११ उपसमूहको शेयर मूल्यमा गिरावट भएको छ । आइतबारको कारोबारपछि बजार पूँजीकरण रु २६ खर्ब ७६ अर्ब ३५ करोड ३४ लाख ४७ हजार सात सय ७८ बराबर रहेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा छ । सो बैंकको रु आठ करोड ४७ लाख ५९ हजार सात सय ३९ बराबरको कारोबार भयो । गरिमा विकास बैंक रु चार करोड ८८ लाख छ हजार, हिमालयन डिस्टिलरी रु तीन करोड ३२ लाख ४३ हजार तीन सय ५७, शिवम् सिमेन्ट रु दुई करोड ९९ लाख ८९ हजार एक सय दुई र रिडी पावर कम्पनी रु दुई करोड ७८ लाख १४ हजार एक सय ७१ बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहेका छन् ।

नेप्सेका अनुसार अभियान लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतको बृद्धि भई सकारात्मक सर्किट लाग्यो । स्ट्याण्र्डड चार्टड बैंक सात दशमलब २५, एभरेष्ट बैंक पाँच दशमलब १५, नेपाल एसबीआई बैंक तीन दशमलब ७७ र रिलायन्स फाइनान्सका लगानीकर्ताले तीन दशमलब २६ प्रतिशतले कमाएका छन् ।

त्यस्तै, पिपल्स पावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतले गुमाएपछि नकारात्मक सर्किट लागेको छ । सिटिजन बैंक सात दशमलब शून्य तीन, आशा लघुवित्त पाँच दशमलब ८६, मैलुङ खोला जलविद्युत् पाँच दशमलब ७७ र पञ्चकन्या माई हाइड्रोपावरका लगानीकर्ताले पाँच दशमलब ३५ प्रतिशतले गुमाएका छन् ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार