धौलागिरि हिमालको आधार शिविरमा हिउँमा पुरिएर ४५ खच्चड मरे

उज्यालो प्रतिनिधि २६ आश्विन २०७९, बुधबार समाचार

म्याग्दी । म्याग्दीस्थित धौलागिरि हिमालको आधार शिविरमा हिउँले पुरिएर ४५ घोडा खच्चड मरेका छन् । विश्वको सातौँ ९आठ हजार एक सय ६७० मिटर अग्लो धौलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । आरोही र पर्यटकका सामग्री ढुवानी गर्न खच्चड लिएर आधार शिविरमा पुगेका मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका नौजनाको उद्धार भएको छ । थमसेर्कु ट्रेकिङ कम्पनीले सामान ढुवानी गर्न लगेका १७ र साङ्ग्रिला टे«किङ कम्पनीको सामान लिन गएका २८ खच्चड मरेका हुन् ।

 

मुस्ताङको घरपझोङ गाउँपालिका–२ मार्फाका माइकल परियार, किरण परियार, सन्तोष तामाङ र धनराम तामाङलाई हेलिकप्टरले मङ्गलबार ताकममा ल्याएर छाडेको छ । बुद्धि , प्रकाश , कुमार , वीरबहादुर र सुकलाल परियारलाई धौलागिरि आधार शिविरबाट उद्धार गरेर ताकममा ल्याइएको उद्धार गरिएका खच्चड माइकल परियारले बताए ।

“असोज १७ गते मार्फाबाट हिँडेर आधार शिवरमा पुगेर आरोहीका सामान लिएर फर्कने क्रममा बर्सात र हिमपात भएपछि हिउँमा फसेर सम्पर्कविहीन भयौँ”, उनले भने, “हामी पनि चार दिन ठाटीमा भोकै बस्यौँ । खान नपाएर र चिसोले गर्दा खच्चड मरेका हुन् ।”

चारजना पर्यटक पथ प्रदर्शकलाई अल्टिच्युट एयरको हेलिकप्टरले उद्धार गरेर पोखरा लगेको छ । उद्धारमा समन्वय गरेका म्याग्दीका पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले लगातारको झरी, हिमपात र प्रतिकूल मौसमका कारण उद्धारमा ढिलाइ भएको बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार