सहमतिको पालना गर्न बागी उम्मेदवारलाई निर्देशन

उज्यालो प्रतिनिधि २६ आश्विन २०७९, बुधबार समाचार
काठमाडौँ    ।   नेकपा (एकीकृत समाजवादी)का महासचिव डा वेदुराम भुसालले गठबन्धनको सहमतिविपरीत उम्मेदवारी दिएका आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी अविलम्ब फिर्ता लिन निर्देशन दिएका छन् ।
महासचिव डा भुसालले विज्ञप्ति जारी गर्दै आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा पार्टी निर्देशनको अवज्ञा गरी उम्मेदवारी कायमै राखेमा पार्टीले कारबाही गर्ने बताउनुभएको छ । निर्धारित समय सीमाभित्र उम्मेदवारी फिर्ता गरी साङ्गठानिक अनुशासनमा दृढ रहन समेत उनले आग्रह गरे ।
निर्वाचन आयोगले यही असोज २३ गते उम्मेदवारी मनोनयन तथा असोज २६ गते मनोनयन दर्ता भएका उम्मेदवारले आफ्नो उम्मेदवारी  फिर्ता लिनका लागि समय तोकेको छ । यसअघि पार्टीले गठबन्धनका साझा उम्मेदवारलाई देशभरबाट विजयी गराउन सम्पूर्ण मतदातालाई आग्रह गरेको थियो  ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार