युएइ । युएईमा पहिलोपटक फूलपाती भित्र्याइएको छ । ग्रीन अलाइन ट्राभल अबुधाबी र र फिस्टेल ट्राभल वर दुबइमा स्थापना गरिएको माता भवानीको मन्दिरमा विधिवत् रुपमा पुजा गरि फुलपाती भित्र्याइएको हो ।
फुलपातीको अवसरमा एनआरएनए एनसीसी दुवैको आयोजनामा ग्रीनलाइन ट्राभल ग्रुप एण्ड कम्पनीका प्रबन्ध निर्देशक एवम् एनआरएनए युएईका अध्यक्ष ठाकुरप्रसाद ढुंगानाको सभापतित्वमा दिव्य सत्संग कार्यक्रम भव्री रुपमा सप्पन्न भएको छ । कार्यक्रमको अवसरमा गुरुहरुलाई अभिनन्दन समेत गरिएको थियो ।