पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा सुर्खेतमा हुने

उज्यालो प्रतिनिधि १५ आश्विन २०७९, शनिबार फोटो समाचार

काठमाण्डौं । नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा आगामी पुस ८ र ९ गते सुर्खेतमा हुने भएको छ । महासङ्घ सुर्खेत शाखाले आज आयोजना गरेको विजयादशमी, दीपावली र छठ पर्वको शुभकामना आदान–प्रदान तथा केन्द्रीय साधारणसभाबारे गरिएको छलफलमा उक्त मिति तय गरिएको हो ।

महासङ्घका केन्द्रीय कोषाध्यक्ष कलेन्द्र सेजुवालले नगरकोट बैठकबाट आगामी साधारणसभा सुर्खेतमा गर्ने निर्णय भएको जानकारी दिए। कार्यक्रमका लागि आर्थिक स्रोतको पहिचान र आगन्तुकलाई आवास तथा सत्कारजस्ता मुख्य पक्षलाई ध्यान दिएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए।

छलफलका सहभागीले कार्यक्रम सफल पार्न महासङ्घमा आवद्ध सबैको भूमिका महत्वपूर्ण हुने उल्लेख गरे । साधारणसभमा देशभरबाट करिव सात सय महासङ्घका पदाधिकारी तथा प्रतिनिधि सहभागी हुने महासङ्घले जनाएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार