काठमाडौ । ब्लेक ब्रोज इन्टरटेनमेन्टको प्रस्तुति गीत “केशरी केशरी” सार्वजनिक भएको छ । प्रकाश सपूत र सृष्टि खड्काको अभिनय रहेको गीत “केशरी केशरी” ब्लेक ब्रोज इन्टरमेन्टबाट सार्वजनिक गरिएको छ ।
अष्ट्रेलिया बस्दै आएका विश्व गौडेलको शब्द रहेको गीतमा लोकप्रिय गायक बिष्णु भट्ट र नेपाल आइडल दोश्रो संस्करणको फाइनलिस्ट अस्मिता अधिकारीको रहेको छ भने उक्त गीतको मिक्सिङ / मास्टरिङ र एरेन्ज श्याम श्वेत रसाइलीले गरेका हुन। भने पृज्मा स्टुडियोमा रेकर्ड भएको थियो ।
ठट्यौली प्रेमिल गीत “केशरी केशरी” को भिडियो ऋषि राज आचार्यले गरेका हुन। अहिलेको वास्तविक समयलाई चित्रण गर्ने भिडियोको छयांकन मोहन कुमार (झिल्लु) ले गरेका हुन ।
महेश्वर आचार्य,रितु आचार्य र राजेन्द्र खातीको सह- निर्देशन रहेको उक्त भिडियोलाई अनिलकुमार मानन्धरले सम्पादन र रंगरोघन गरेका हुन । गीतमा सियोन श्रेष्ठको कोरियोग्राफीले भिडियोलाई अर्कै उचाईमा पुर्याएको छ ।