काठमाडौँ । डेढ दशक अघि मात्र नेपाली चलचित्रमा अभिनेता राजेश हमाल, निखिल उप्रेती, विराज भट्टलगायत हावी थिए । उनिहरुलाई पोस्टरमा देख्दा मात्र दर्शक हलसम्म पुग्नुपथ्र्यो। यद्यपि कथ्य शैली, मेकिङमा परिवर्तन आएसँगै नयाँपुस्ताले स्थान पाउँदै गएको छ । उनको उपस्थितिले मात्र पनि निर्माताले मुनाफा आर्जन गर्न थालेपछि चलचित्रमा नयाँपुस्ताको उपस्थिति बढिरहेको छ । अनमोल केसी, प्रदीप खड्का, धीरज मगरलगायत सर्वाधिक खोजिने अभिनेता बनेसँगै नयाँपुस्ताले चलचित्रमा काम गर्ने इच्छा देखाएको पाइन्छ ।
व्यावसायिक रेकर्ड राख्न सफल फिल्म ‘कबड्डी ४: द फाइनल म्याच’ मार्फत गौमाया गुरुङले डेब्यु गरेका छन। बेलायतमा बसोबास गर्ने अभिनेत्री गुरुङले कलाकारितामा आफ्नो भविष्य देखेर नै नेपाल आएर अभिनय गरेको हो । उनले अभिनय गरेको ‘गोर्खा : विनिथ द ब्रेभरी’ समेत प्रदर्शन भइसकेकोछ । युट्युब र सामाजिक सञ्जालमा ट्राभल ब्लग बनाउने गुरुङ नोटिस भएपछि डेब्युको अवसर पाएको हो ।
उन भन्े, “नेपाली भाषा र संस्कृतिमा काम गर्दा आनन्द आउँछ । म नेपाली चलचित्रमै आफ्नो भविष्य देख्छु । अवसर आएसम्म सदुपयोग गर्नेछु ।”
भारतमा मोडलिङ गरिरहेका श्रद्धा क्षेत्रीले ‘कृष्ण लीला’ मार्फत डेब्यु गरेका छन । यस अगाडि ‘हृदय भरी’ नामक चलचित्रमा काम गरे पनि निर्माण पूरा नभएपछि उनले दोस्रो अवसर पाएको थियो । क्षेत्री भने, “नेपाली चलचित्रमा काम गर्ने रहर थियो । यहाँ दर्शकमार्फत पाइने माया भिन्नै छ ।”
रङ्गमञ्चमा काम गरिरहनुभएकी रेणु योगीले ‘प्रकाश’ मार्फत डेब्यु गरे । जुम्ली युवतीको भूमिकामा दर्शकले उनलाई स्वीकारेका छन। “रङ्गमञ्चमा काम गरेपछि अडिसन दिएर चलचित्रमा अभिनय गरेकी हुँ । ठुलोपर्दाले मलाई थप अनुभव दिएको छ”, उनले भने ।
यसैगरी ‘सम्हालिन्छ कहिले मन’ मार्फत सोनाम तोप्देन गायकबाट अभिनेता बने । कभर गीतमार्फत गायक बनेका तोप्देनले डेब्यु चलचित्रबाटै तारिफ पाए। उनि चलचित्र आफ्नो लागि नौलो अनुभव रहेको उल्लेख गर्दै गायन र अभिनयसँगै अगाडि बढाउने योजनामा छन ।
‘प्रेम गीत ३’ मार्फत अभिनेत्री क्रिस्टिना गुरुङले डेब्यु गरे । उनि अडिसनमार्फत छानिनु भएको हो । दसैँमा प्रदर्शन हुने चलचित्र ‘बाबरी’ बाट प्रसिद्ध कलाकार तृप्ति नाडकरका छोरा धीरजले डेब्यु गर्दै छन । भारतमै रहेर केही टेलिशृङ्खलामा समेत काम गरिसक्नुभएका धीरज नेपाली दर्शकमार्फत पाइरहेको मायाले उत्साहित छन ।
“मैले नेपालमा पाएको माया अद्भुत छ । मेरो आमाझैँ मलाई पनि स्वीकार्छन भन्नेमा विश्वस्त छु । मैले इमान्दार भएर काम गरेको छु”, उनले भने । ‘दुई नम्बरी’ चलचित्र मार्फत भुटानी अभिनेत्री उगेन छोदेनले डेब्यु गर्दै छन । “नेपाली कलाकारको सहयोगले डेब्यु राम्रो भयो । म आउँदो दिनमा पनि चलचित्रमा अभिनय गर्नेछु”, उनले भने ।
तिहारमा प्रदर्शन हुन लागेको ‘महापुरुष’ चलचित्रमार्फत अरुण क्षेत्री र अञ्जना बराइली डेब्यु गर्दै छन । दुवै जनाले अडिसन दिएर छानिएको हो । अरुणले ‘आइएम ट्वान्टी वान’ चलचित्रमा अभिनय गरिसकेको छ भने अञ्जना मोडलिङ गरिरहेको छ ।
‘परदेशी २’ बाट गायक प्रकाश सपुत, ‘लन्डन टु पेरिस’बाट गरिमा शर्मा र निश्चल खड्का, ‘वर एण्ड वधु’ बाट विवेक कर्माचार्यलगायतले चलचित्रमा डेब्यु गर्दै छन । मेकिङ शैलीमा परिवर्तन आएसँगै हलमा नयाँपुस्ता दर्शक बनेर बढेझैँ चलचित्रमा पनि आकर्षण देखिन्छ । उनीहरु सम्बन्धित विधाको अध्ययन गरेर नै काम गरिरहेका छन् । उनिहरुको उपस्थिति सकारात्मक रहेको निर्देशक प्रदीप भट्टराई बताए।
उनले भने, “नयाँपुस्ताले चलचित्रको विभिन्न विधामा रुचि देखाउनु र अध्यन गरेर आउनुले चलचित्रको भविष्य उज्वल रहेको सङ्केत गर्छ । उनिहरुको सक्रियतामा अझै परिवर्तन हुनेमा विश्वस्त छु । सफल र असफल जे हुँदा पनि निरन्तरता भने दिनुपर्छ ।”