चलचित्र ‘अभियान’ : ताम्सालिङ स्वायत्त प्रदेशको मुद्दा उठ्ठान

अनिस तामाङ १० आश्विन २०७९, सोमबार कला/साहित्य

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ रसुवा र नुवाकोटको संयुक्त आयोजनामा दिवंगत वरिष्‍ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’को प्रिमियर गरेको छ ।

काठमाडौं स्थित राष्ट्रिय नाचघर जमलमा विशेष प्रिमियर गरेको चलचित्र ‘अभियान’ मा दलहरूले छाडेका पहिचान सहितको संघीयताको मुद्दा जोडदार संग उठ्ठान गरेको पाइएको छ ।

लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण भएको उक्त चलचित्रमा तामाङहरु राजनीतिक, सामाजिक र संस्कृति रुपमा पछाडि पर्नुको मुख्य कारण राज्य सत्ता हो, राज्य सत्ताको बाघडोर पहिचानबादी व्यक्तिले नसमालेसम्म बहुसंख्यक तामाङहरु बसोबास गर्ने भुभाग ताम्सालिङ स्वायत्त प्रदेश बनाउन नसक्ने सन्देश दिएका छन् ।

राज्य सत्तामा तामाङ पुग्यो कि पुगेन भन्दा पनि तामाङको मुद्दा बोक्ने व्यक्ति पुग्यो कि पुगेन भन्ने मुख्य सवाल रहेको कुरा चलचित्रमा देखाउन खोजेको छ । गर्जमान पात्र पटकपटक तामाङ समुदायबाट नै प्रतिनिधित्व गरेर सत्तामा पुगे पनि तामाङको मुद्दा नउठाएकोको कारण गाउँका युवाहरूले गर्जमान विरुद्ध विद्रोह गरेर उम्मेदवार खडा भएको चलचित्रमा देखाएको छ ।

तामाङ राजा ह्रेन्जेन दोर्जेको इतिहास,गाई मारेको जुठो मुद्दामा जेल बस्नुपर्ने तामाङहरुको बाध्यता देखि तामाङ संस्कारमा गर्ने विवाह विधिसम्मलाई मसिनो ढंगले उठ्ठान गरेका कारण एकपटक तामाङहरुले हेर्नैपर्ने चलचित्र रहेको हलमा उपस्थित दर्शकहरूले प्रतिक्रिया दिइएका छन् ।

उक्त चलचित्रमा दिवंगत जयनन्द लामासंगै दावा फिन्जो तामाङ, अमर पाख्रिन, श्याम माया तामाङ, रश्मिला वाइबा तामाङ, दिनेश कोइराला, रितेश जंग क्षेत्रीहरुको जोडदार अभिनय रहेको छ । तामाङहरुको थाकथलो ‘किपट’ को कथालाई दर्शकले नयाँ स्वादको रुपमा लिइएको पाइएको छ ।

चलचित्रको कथा र अभिनय उत्कृष्ट रहेपनि प्राविधिक पाटो भने एकदमै कमजोर पाइएको छ । हेमान तामाङले गरेको इडिटिङ र कलरलाई दर्शकले रुचाएनन् । ५,७ लाखमा बनेको तामाङ चलचित्रको भन्दा पनि फितलो प्राविधिक पाटो भएपछि दर्शकहरू रुष्ट हुनु स्वभाविक थिए ।

सुमन तामाङले गरेको छायांकन पनि तारिफ गर्ने खालको छैनन् । दृश्य कैदमा क्यामराको एंगल मिलाउन नसक्दा सम्पूर्ण प्राविधिक पाटो नै फितलो हुनपुगेको छ । गीत, संगीत उत्ति मनमोहक र मुखैमा झुन्डिने खाले छैन । समग्रमा प्राविधिक पाटो बाहेक चलचित्रले उठाउन खोजेको कथावस्तु उत्कृष्ट छ ।

उक्त चलचित्रको प्रदर्शन बागमती प्रदेश सभा सदस्य प्रभात लामाको प्रमुख आतिथ्यता, राष्ट्रिय संगीतकर्मी संघका अध्यक्ष विक्रम जंग शाह, तामाङ चलचित्र संघ बागमती प्रदेशका अध्यक्ष आसमान वाइबा तामाङ, गायक तथा नायक एस कुमार, निर्माता संघका अध्यक्ष नवल खड्ग लगायतका विशेष व्यक्तित्वहरुको विशेष आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा तामाङ समुदायका विशिष्ट व्यक्तित्वहरुलाई अतिथिको आसान ग्रहण नगराउदा कार्यक्रम खल्लो महसुस भएको थियो । कार्यक्रमको सभापतित्व उक्त चलचित्रका नायक दावा फिन्जो तामाङ रहेका थिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार