भक्तपुरका शक्तिपीठमा दर्शनार्थीको घुइँचो

उज्यालो प्रतिनिधि १० आश्विन २०७९, सोमबार फोटो समाचार

काठमाण्डौं । घटस्थापनाका दिन आज भक्तपुरका विभिन्न शक्तिपीठमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । आज बिहानैदेखि ब्रह्मायणी मन्दिर सहित अन्य धार्मिक स्थानमा दर्शनार्थीको भीड लागेको छ । भक्तपुरका नौ शक्तिपीठमा नवरात्रिभरि मेला लाग्ने गर्दछ ।

भक्तपुरमा आज रातिदेखि नवरात्रि मेला पनि सुरु हुँदैन । घटस्थापनाको दिनबाट सुरु हुने मेलाले यहाँका विभिन्न नौ शक्तिपीठमा नवरात्रि मेला लाग्ने गर्दछ । रातका समयमा यहाँका बासिन्दाले शक्तिपीठमा गएर पूजा गर्ने र मेला भर्ने गर्दछन् । विभिन्न बाजागाजासहित टोलटोलबाट राति मन्दिरमा गएर पूजा गर्ने परम्रपरा रहेको छ ।

नवरात्रि मेलामा पहिलो दिन आज ब्रह्मायणी, दोस्रो दिन महेश्वरी, तेस्रो दिन कुमारी, चौथो दिन भद्रकाली, पाँचौँ दिन बाराही, छैटौँ दिन इन्द्रायणी, सातौँ दिन महाकाली, आठौँ दिन महालक्ष्मी, नवौँ दिन त्रिपुरासुन्दरी र अन्तिममा विजयादशमीको दिन पुनः ब्रह्मायणीमा भव्य मेला गर्दै दशैँ समापन गर्ने प्रचलन छ ।

नवमीको दिन राति महिषासुरु दैत्यको प्रतीकका रुपमा लिइने खमेय जात्रा मनाउने गरिन्छ । नवदुर्गा मन्दिरबाट मदिरा सेवा गराई पूजा गरेको खमये (राँगो) लाई दौडाउँदै ल्याएर ब्रह्मायणीमा बलि दिने प्रचलन छ । नवमीको दिन रातिभरि र दशमीको दिन ब्रह्मायणीमा हजारौँको भीडमा मेला भर्ने गरिन्छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार