पर्सा । वीरगंज महानगरपालिका-१६ रजतजयन्ती चोकबाट अवैध लागूऔषध गाँजा करिब ३ किलो सहित भारत घर भएका ७० वर्षीय ब्रहमबाबा केवटलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ शंकराचार्य गेटबाट अवैध लागूऔषध सेतो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्राम र नाइट्राभेट १२ ट्याब्लेट सहित भारत घर भएका १९ वर्षीय आशिष शर्मालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय वीरगंजबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
मोरङ, रंगेली नगरपालिका-९ पट्वारी टोलस्थित सडकबाट नियन्त्रित लागूऔषध हाइड्रोकलोराइड २ हजार ५ सय ट्याब्लेट र डिसिक्लोमाइन हाइड्रोक्लोराइड ५ सय ट्याब्लेट सहित सोही नगरपालिका-६ बस्ने ४१ वर्षीय सुरेश कुमार साहलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दोहमनाबाट खटिएको प्रहरीलेको २४ प ६८०८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी मोटरसाइकल चालक साहलाई पक्राउ गरेको हो ।
सिरहा, नरहा गाउँपालिका-३ नयाँ चौहर्वा चोकबाट करिब अवैध लागूऔषध गाँजा ५ किलोग्राम सहित गोलबजार नगरपालिका-१० धर्मपुर टोल बस्ने २६ वर्षीय अनिल मुखिया लगायत ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो सिराहा शाखा र ईलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरीले स.९ प ६६७१ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।