वडाध्यक्ष तामाङद्वारा सडक विस्तारका लागि आसपासका संरचना हटाउन १५ दिने सूचना जारी

उज्यालो प्रतिनिधि ९ आश्विन २०७९, आईतवार मुख्य नेटवर्क

काभ्रे । काठमाडौं महानगरपालिकामा जस्तैः सडक विस्तारको काम गाउँ गाउँमा पनि सुरु भएको छ । काभ्रे जिल्ला, तेमाल गाउँपालिका वडा नं. २ मा पनि ६ मिटर सडक चौडा विस्तारको कार्य सुरु हुनेभएको छ ।

वडाध्यक्ष देवराज तामाङले एक सूचना जारी गरी मयलचौर, चुखा, खहरेघाट सडक विस्तार गर्नको लागि आसपासका संरचनाहरु आज आइताबारको मितीबाट १५ दिन भित्र अनिवार्य रुपमा हटाउन सूचना जारी गरेका छन् ।

बागमती प्रदेश सरकारबाट आएको ४३ लाख रुपैयाँको बजेटले सडक विस्तार तथा स्तरन्नती गर्न खोजेको वडाध्यक्ष तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराएका छन् ।

सडक विस्तार गर्दा केही घरहरुलाई क्षति हुने जस्तो देखे त्यसको वैकल्पिक उपाय वा घर संरक्षणको लागि मेसिनरी वाल दिएर भए पनि यो कदमलाई सफल बनाउने उनले बताए ।

विशेषगरी वर्षायाममा गाडी चलाउन नसक्दा स्थानीयले बेहोर्नु परेको समस्यलाई मध्यनजर गर्दै सडक विस्तारको काम सुरु गर्न लागेको हो । भोलीबाट उक्त वडाबाट काठमाडौंका लागि दुई वटा बस संचालनमा ल्याउने तयारी समेत गरेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार