भोली चलचित्र ‘अभियान’ को प्रिमियरमा महानायक हमालसंगै दर्जनौं राष्ट्रिय कलाकारहरु सहभागी हुने

उज्यालो प्रतिनिधि ९ आश्विन २०७९, आईतवार कला/साहित्य

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ रसुवा र नुवाकोटको संयुक्त आयोजनामा दिवंगत बरिस्ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ को प्रमियरमा महानायक राजेश हमालसंगै दर्जनौं ख्याती प्राप्त राष्ट्रिय कलाकारहरु सहभागी हुने भएको छ ।

भोली असोज १० गते दिउँसो ठिक २ बजेको कार्यक्रममा हमालसंगै धिरेन शाक्य, करेश्मा मानन्धर, रेखा थापा, बुद्धि तामाङ, किरण केसी, उत्तम केसी, यस कुमार लगायतका कलाकारहरु उपस्थित हुने आयोजकले जानकारी गराएका छन् ।

बागमती प्रदेश सभा सदस्य प्रभात लामाको प्रमुख आतिथ्यता सम्पन्न हुन लागेको कार्यक्रम संचालन चर्चित कार्यक्रम उद्घोषिका शोभा त्रिपाठीले गर्नेछन् ।

लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण, मैन घिसिङ निर्माता रहेको उक्त चलचित्रमा दिवंगत कलाकार जयनन्द लामाको साथमा दावा फिन्जो तामाङ,अमर पाख्रिन, श्याम माया तामाङ, रस्मिला वाइबा तामाङ लगायत दर्जनौं कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

विशेषगरी नेपालको सन्दर्भमा विभिन्न जातिय सभ्यता र पहिचानको कथा बोकेका चलचित्र कम बने पनि विश्वमा विशेषगरी ऐतिहासिक चलचित्रहरु बढी निर्माण भएको र त्यस्ता ऐतिहासिक चलचित्र व्यावसायिक रुपमा पनि सफल भएको सन्दर्भमा तामाङ समुदायको कथामा बनेको ‘अभियान’ चलचित्रलाई पनि दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन् ।

कोभिड महामारीका कारण थलिएको चलचित्र उद्योगलाई उठाउन विभिन्न विदेशी चलचित्रलाई डबिङ गरेर हलवालाहरुले करोडौं लगानीमा जोखिम मोलिरहेको अवस्थामा ‘अभियान’ चलचित्रले व्यावसायिक फड्को के कति मार्लान त्यो भने हेर्न बाँकी रहेको सरोकारवालाहरु बताउँछन् ।

तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेको इतिहास र तामाङहरुको ऐतिहासिक थाकथलो “किपट’ को कथामा आधारित चलचित्र भएकोले सबै जनाले मन पराउने उक्त चलचित्रका नायक दावा फिन्जो तामाङले बताए

साथै उनले इटहरी लगायतका शहरहरुमा प्रिमियर हुदा दर्शकहरुले माया गरेकाले अब काठमाडौं लगायत अरु शहरहरुमा पनि विशेष च्यारिटि शो गर्दै केही समयपछि चलचित्र ‘अभियान’ देशभर प्रदर्शन गर्ने तयारी रहेको जानकार गराएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार