पोखरामा सदस्य सचिव घिसिङले गरे तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन शिलान्यास

उज्यालो प्रतिनिधि ८ आश्विन २०७९, शनिबार खेल

कास्की । एक दशक अघिदेखिको निरन्तरको प्रयासपछि पोखरामा तेक्वान्दो खेलको सुविधासम्पन्न प्रशिक्षण भवन निर्माण हुने भएको छ । पोखरा रंगशलाभित्र बन्ने भवनको शनिबार राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले शिलान्यास गरे । भवन शिलान्याससँगै एक दशकअघिको निर्माणको सपना पूरा हुन लागेको हो ।

प्रशिक्षण भवन निर्माणका लागि तेक्वान्दोसँग सम्बन्धित खेल पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले लामो समयदेखि प्रयास गर्दै आएको र अहिले सो मेहेनतले सार्थकता प्राप्त गर्न लागेको कास्की जिल्ला तेक्वान्दो संघका संस्थापक अध्यक्ष एवं गण्डकी प्रदेश तेक्वान्दोका अध्यक्ष जगनबहादुर गुरुङले बताए ।

उनका अनुसार विसं २०६७ देखि भवन निर्माणका लागि संघका पदाधिकारी, खेलाडी तथा प्रशिक्षकले मासिक पाँच सय रुपैयाँ सहयोग संकलन अभियान सुरु गरेका हुन् । सहयोग अभियानबाट हालसम्म ५५ लाख रुपैयाँ जम्मा भएको गुरुङले बताए ।

भवन निर्माण समितिका संयोजकसमेत रहेका अध्यक्ष गुरुङले भने, ‘भवन निर्माणका लागि हामीले १० वर्षअघिदेखि अभियान सुरु गरेका हौं । स्वदेशमा मात्र नभएर बेलायत, हङकङलगायत नेपालीहरूबाट समेत सहयोग प्राप्त भएको छ । लामो प्रयासपछि यसलाई शिलान्याससम्म आइपुग्दा अत्यन्त खुसी छौं ।’

भवनको दुई करोड रुपैयाँ खर्च लाग्ने लागत अनुमान छ । तेक्वान्दो संघले थप रु ५० लाख जति सहयोग जुटाउने योजनामा छ । भवनका लागि अपुग हुने रकमका लागि राखेपसँग सहयोग मागिएको गुरुङले बताए ।

शिलान्यास कार्यक्रममा सदस्यसचिव घिसिङले भवनलाई पूर्णता दिन राखेपबाट सहयोग उपलब्ध गराइने विश्वास दिलाए । चालु आर्थिक वर्षको बजेट कार्यक्रममा समावेश गर्न नसकिए पनि आगामी वर्ष यसका लागि बजेट विनियोजन गरिने उनले प्रतिबद्धता जनाए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार