विजय गोलेको ‘हिरो हिरोईन’ मा टुल्साङ र सुस्माको जोडदार नृत्य

उज्यालो प्रतिनिधि ८ आश्विन २०७९, शनिबार कला/साहित्य

काठमाडौं । तामाङ गीत संगीत क्षेत्रमा फेरी अर्को नयाँ आयम प्रतिभाशाली गायक विशाल काल्तान र जितु लोप्चनको स्वरमा विजय गोलेले ‘हिरो हिरोईन’ बोलको भिडियो बजारमा ल्याएको छ ।

युगल आवाजमा सुसजित गीतको शब्द संगीत पनि गायक काल्तानकै रहेको छ । चर्चित मोडलहरु तुल्साङ मोक्तान, सुस्मा मोक्तान, खिलि माया घिसिङ लगायतको जोडदार नृत्य तथा अभिनयमा तयार पारिएको गीतको भिडियोको छायांकन विक्रम मोक्तानले गरेका छन् ।

व्यस्त निर्देशक अजय स्यङतानको निर्देशनमा तयार भएको उक्त भिडियो विभिन्न मनोरम स्थलहरुमा छायांकन गरि तामाङ गीतको भिडियोको छुट्टै मिठास र गुणस्तरमा समेत वृद्धि गराएको देखिन्छ ।

शुक्रबार बौद्ध स्थित मस्म प्लाजामा एक पत्रकार सम्मेलन गर्दै उक्त भिडियो सार्वजनिक गरेको हो । तामाङ चलचित्र संघ नेपालको कार्यवाहक अध्यक्ष भुइसाल लामाको प्रमुख आतिथ्यता, तामाङ चलचित्र जगतका महानायक अमिर दोङको विशेष आतिथ्यता ।

त्यसैगरी नेपाल तामाङ पत्रकार संघको महासचिव तिर्थमान बल, तामाङ चलचित्र बागमती प्रदेशको अध्यक्ष आसमान वाइबा लगायत तामाङ गीत संगीतका विशिष्ट व्यक्तित्वहरु, विभिन्न मिडियामा आबद्ध पत्रकारहरुको उपस्थितिमा भिडियो सार्वजनिक गरेका थिए ।

गोले र सह-निर्माता मनध्वज तामाङको लगानीमा बनेको उक्त भिडियोको कलर राजेन्द्र मोक्तान, एरेन्ज तथा मिक्सिङ दिपेश प्रधानको रहेको छ ।

हेर्नुस भिडियो

 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार