काठमाडौं । जनयुद्धकालिन कलाकारहरु यतिबेला कहाँ होलान्, के गर्दै होलान् भन्ने विशेषगरी दुर्गम गाउँबस्तिमा पुग्दा त्यहाँका जनताहरु सोध्ने गर्छन् । तिनै जनयुद्धमा गाउँ बस्तीमा आफ्नो मीठो स्वरबाट जनतालाई जागरुक बनाउने गायिका कमला दोङले ‘हेर्दैमा राम्री’ बोलको गीत बजारमा ल्याएको छ ।
गायक तथा संगीतकार विश्व दोङको स्वर तथा संगीत, कुमार बम्जनको शब्दमा रहेको ठट्याौली पाराको गीत लिएर नेपाली सांगीतिक बजारमा उनले आफ्नो उपस्थित जनाउन खोजेकी छन् ।
युद्धबाट जन्मेका कलाकारहरु कतिपय व्यावसायिक कलाकार भएरै नै आफ्नो परिचय स्थापित गर्न सफल भए पनि दोङले घाँटीमा समस्य आएपछि गीत संगीतमा सक्रियता देखाएको थिएन । केही वर्ष अगाडि ‘टुङना र डम्फू’ बोलको गीत ल्याएपछि लामो समयसम्म उनले कुनै गीत बजारमा ल्याएका थिएनन् ।
विशेषगरी जनवादी गीतहरु मात्रै गाएर व्यावसायिक रुपमा अगाडि बढ्न नसकेपछि अधिकांस कलाकारहरु अरु माया प्रेमका गीतहरु पनि गाउन थालेका छन् । दोङको गीत विश्व दोङको अफिसियल युट्युभ च्यानलबाट सार्वजनिक गरेको छ ।
सुन्नुहोस् गीत






