चलचित्र ‘अभियान’ असोज १० गते राष्ट्रिय नाचघरमा प्रदर्शन हुँदै

अनिस तामाङ ४ आश्विन २०७९, मंगलवार कला मनाेरञ्जन

काठमाडौं । राष्ट्रिय संगीतकर्मी संघ रसुवाको आयोजनामा दिवंगत बरिस्ठ कलाकार जयनन्द लामा अभिनित चलचित्र ‘अभियान’ काठमाडौं जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गर्ने भएको छ ।

कोशी भिजन फिल्मसको ब्यानरमा तयार पारिएको तामाङ ऐतिहासिक कथा तथा नेपाली भाषाको चलचित्र अभियानलाई यहीँ आउदो असोज १० गते प्रिमियर शो गर्ने तयारी गरेको हो ।

लाखमान योन्जन तामाङको कथा तथा निर्देशनमा निर्माण, मैन घिसिङ निर्माता रहेको उक्त चलचित्रमा दिवंगत कलाकार जयनन्द लामाको साथमा दावा फिन्जो तामाङ,अमर पाख्रिन, श्याम माया तामाङ, रस्मिला वाइबा तामाङ लगायत दर्जनौं कलाकारहरुको बेजोड अभिनय रहेको छ ।

विशेषगरी नेपालको सन्दर्भमा विभिन्न जातिय सभ्यता र पहिचानको कथा बोकेका चलचित्र कम बने पनि विश्वमा विशेषगरी ऐतिहासिक चलचित्रहरु बढी निर्माण भएको र त्यस्ता ऐतिहासिक चलचित्र व्यावसायिक रुपमा पनि सफल भएको सन्दर्भमा तामाङ समुदायको कथामा बनेको ‘अभियान’ चलचित्रलाई पनि दर्शकहरुले मन पराउनेमा निर्माण पक्ष ढुक्क छन् ।

कोभिड महामारीका कारण थलिएको चलचित्र उद्योगलाई उठाउन विभिन्न विदेशी चलचित्रलाई डबिङ गरेर हलवालाहरुले करोडौं लगानीमा जोखिम मोलिरहेको अवस्थामा ‘अभियान’ चलचित्रले व्यावसायिक फड्को के कति मार्लान त्यो भने हेर्न बाँकी रहेको सरोकारवालाहरु बताउँछन् ।

तामाङहरुको अन्तिम राजा ह्रेन्जेन दोर्जेको इतिहास र तामाङहरुको ऐतिहासिक थाकथलो “किपट’ को कथामा आधारित चलचित्र भएकोले सबै जनाले मन पराउने उक्त चलचित्रका नायक दावा फिन्जो तामाङले बताए

साथै उनले इटहरी लगायतका शहरहरुमा प्रिमियर हुदा दर्शकहरुले माया गरेकाले अब काठमाडौं लगायत अरु शहरहरुमा पनि विशेष च्यारिटि शो गर्दै केही समयपछि चलचित्र ‘अभियान’ देशभर प्रदर्शन गर्ने तयारी रहेको जानकार गराएका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार