बेथिति अन्त्य गर्न युवा पुस्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जोड्न चाहन्छौँ : देवराज पाठक

शिवु खनाल १ आश्विन २०७९, शनिबार अन्तर्वार्ता

सत्ता गठबन्धनमा सिट बाँडफाँट चलिरहेको छ । प्रतिपक्ष दल नेकपा एमाले भने यही मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको लागि गठबन्धनसँग एक्लै भिड्ने तयारी गर्दैछ । आम निर्वाचन नजिकिदै गर्दा दलहरु आगमाी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनतर्फ केन्द्रित भएका छन् । अहिले कोही नेताहरु आ–आफ्नो नाम सिफारिसका लागि मरिहत्ते गरिरहेका छन् भने केही असन्तुष्टि नेताहरु विभिन्न पार्टी परित्याग गरि दलबदल गर्ने यात्रामा छन् । सोही विषयमा आधारित रहेर राष्ट्रिय स्वतन्त्र पार्टीका लुम्बिनी प्रदेश सदस्य देवराज पाठकसँग देउखुरीबाट उज्यालो नेटवर्ककर्मी शिवु खनालले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको :

१. राष्ट्रिय स्वतन्त्र पार्टीमा युवाहरुलाई कसरी आकर्षित गराउदै हुनुहुन्छ ?
हरेक राजनितिक पार्टीलाई सबै पुस्ताका जनताको साथ र समर्थन चाहिन्छ, त्यो हामीलाई पनि पक्कै चाहिन्छ । राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको सेवामार्फत त्यो माया, विश्वास र साथ लिन चाहान्छ र युवा पुस्ता अत्यन्तै उर्वर मानवीय साधन हो । हामीले देखिरहेका छौँ, जुन मुलुकले आफ्नो राष्ट्रको प्राकृतिक स्रोतलाई आफ्नै देशको मानवीय साधनले अधिकतम प्रयोग गरे ती देशहरु सम्पन्न र विकसित छन् । जवसम्म पाखुरामा बल, दिमागमा बुद्धि वर्गलाई उत्पादनशिल कार्यमा जोड्न सकिदैन तबसम्म समृद्धि र विकास मृगतृष्णा शिवाय केही हुनसक्दैन । हाम्रो मुलुक प्राकृतिक सौन्दर्य भरिपूर्ण छ । भौगोलिक विविधिता हाम्रा वरदान हुन् तर आज सुनको थालमा भिख मागेर खादैछौँ । यो विडम्वना पूर्ण अवस्थाको सृजना कस्ले ग¥यो ।

आज यो प्रश्नको जवाफ उदाउँदो पुस्ताले खोज्ने बेला आएको छ । हामी दिनदिनै परनिर्भर बन्दै छौँ । खुला अर्थतन्त्रका नाममा स्थापित उद्योग कौडिका भाउमा बेचिए, के–का लागि बेचिए ? कस्का लागि बेचिए ? आज यसको खोजविन गर्ने बेला आएको छ । हामी देखिरहेका छौँ, हालसम्म पालैपालो शासन सत्ता सम्हालेका नेताहरुले जनताको व्यथा बुझ्नै चाहेनन् । गरिबिको अवस्था डरलाग्दो छ । अहिलेका राजनीतिक दलहरुको व्यक्तिगत र स्वार्थगत निस्कृष्ट प्रवृतिको दुश्चक्र तोड्न, सुदर्शन चक्र चलाउनु बाहेक अन्य विकल्प छैन । तपाई आफँै हेर्नुस्, न हाम्रो काहालीलाग्दो अवस्था, बजारमा न हामीले आर्जन गरेको शिक्षा बिक्दछ, न गरिखाने ठाउँ छ ।

विदेश गएर नकमाएसम्म हाम्रो चुल्हो बल्दैन । अहिले त नेपालमा जन्मनु भनेको विदेशीका लागि श्रमिकउत्पादन हुनु जस्तै भएको छ । यो नियती हामीले भोगिरहेका छौँ । जसले हामीलाई पीडा दिएको छ । यो पीडा आउँदो पुस्ताले भोग्न नपरोस् भनेर बैकल्पिक शक्तिको रुपमा हामी आएका छाँै । यी र यस्ता तमाम् वेथिति अन्त्य गर्न युवा पुस्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीमा जोड्न चाहान्छौँ । पुराना पुस्ताको अनुभव र नयाँ पुस्ताको ज्ञानलाई संयोजन गर्दै हाम्रो अवस्था बदल्न आऔँ, हातेमालो गरौँ भन्दै सम्पूर्ण युवालाई आह्वान पनि गरेका छौँ ।

२. तपाई लामो समयसम्म नेपाली कांग्रेसको राजनिति गरेको नेता, किन पार्टी परित्याग गर्नुभयो ?
निसन्देह विगतमा नेपाली कांग्रेसनिकट नेपाल शिक्षक संघमा आबद्ध रहेर शिक्षकका समस्या, पेशागत हकहितका विषयमा बुलन्द आवाज निकाल्ने एउटा व्यक्ती म पनि हुँ । शिक्षण पेशमा रहदाँ पार्टीको पूर्णकालीन राजनीति गर्न नसकिने भएकाले पार्टीले दिएको जिम्मवारी मेरो क्षमता र बुद्धिले सके जति भूमिका निर्वाह गरेकै हो । सवाल के हो भने मैले बुझेको कांग्रेसको सिद्धान्त प्रजातान्त्रिक समाजवाद थियो । कांग्रेसको नीति सामान्ती प्रवृत्तिको अन्त्य हो । गरिब, निमुखा र सिमान्तकृत वर्गको पक्षधर हो । त्यही कुराको विश्वास र आस्थाले म त्यहाँ जोडिएको थिए ।

आज समयसँगै सबै कुरा बदलिएको छ । नातावाद, कृपावाद, धनवाद र बाहुबलीवाद नै आर्दश बनेको छ । यो यती धेरै हाबी भयो की न जालोलाई तोड्न सकिन्छ न त सुधार्न नै । त्यो आहालमा डुब्नुभन्दा निस्कनु उचित सम्झिएर पार्टी परित्याग गरे । लाग्न सक्छ कसैलाई यो आरोप छोड्नेले लगाइ हाल्छन् । तपाई आफै गएर बुझ्न सक्नुहुन्छ यो पीडा भोग्ने नब्बे प्रतिशत भन्दा बढी कार्यकर्ता छन् । मेरो बहीर्गमन त्यसैको एउटा शिलशिला हो । मेरो वितृष्णा लाखौँ कांग्रेसजनको हो । नेतृत्वले सधै देश बेचेर परदेश रिझाउने, हामीले त्यसैमा दायाँ बायाँ छाप लागाउन बस्नैपर्ने ? सचेत नागरिकले गलतलाई गलत, राम्रोलाई राम्रो भन्न सक्नुपर्छ ।

३. नेतृत्वको लागि पार्टी छोड्नु भएको हो की ? अवसर नपाएर ?
कर्मण्येवाधिकारसतेमा फलेषु कदाचन ।
माकर्मफलहहेतुभुर्मा ते संगोऽस्वकर्मणि ।।
गिताको यो श्लोकले हामीलाई कर्ममा मात्रै हक छ भनेको छ । निश्काम कर्म गर्दा कुनै बेला नेतृत्व गर्ने अवसर आएछ भने विचलित नभई दृढताका साथ जनहितका लागि कर्म गर्छु त्यो अवसर पाएनछु भने पनि राम्रो विचारको अगुवाइ गर्नेलाई स्थापित गर्न मन बचन र कर्मले साथ दिनेछु । त्यसकारण नेतृत्व गर्ने अवसर नपाएर पार्टी छोडेको होइन ,कसैप्रति गुनासो पनि छैन, छ त केवल नेतृत्वसँग मात्र छ । जुन नेतृत्व नीति निर्माणको तहमा छ । जसले राजनितिलाई व्यवसाय बनाएको छ ।

४. राष्ट्रिय स्वतन्त्र पार्टी जनताको हितमा छ त ? यो पार्टीले उठाएको मुद्दाहरु केके हुन् ?
सर्वप्रथम त म के अनुरोध गर्न चाहान्छु भने राजनीतिक कसीमा बारम्बार फेल भइसकेका राजनैतिक दल र तिनका नेतृत्वलाई अब पनि सबक नसिकाउने हो भने हाम्रो दुर्दशा के होला ? संसारमा देखिएकै छन् त एकपछि अर्को आएका राजनैतिकदलले राम्रो काम गरेर राजनितिक सफलता प्राप्त गरेको । यही भारतमा कांग्रेस आइको विकल्पमा भाजपा आयो । भाजपाको विकल्पमा पहिले आम आदमी पार्टी आएको छ । नेपालका राजनितिक पार्टीले जनतालाई धोका दिँदा–दिँदा आम जनतामा यस्तो छाप बसेको छ कि, जती जोगी आएपनि कानै चिरिएका भन्नुहुन्छ ।

त्यो पनि न्यायोचित होइन कि काम गर्ने अवसरै नदिएर भविश्यवाणी गरिदिने । हामीलाई तीस चालिस वर्ष होइन पाँचवर्षका लागि मात्र परिक्षण गर्न सत्तामा पु¥याउनुहोस् राज्य संचालन, विकास र जनजिविकाका सवालमा गुणात्मक परिवर्तन गरेर देखाइदिन्छौँ । परिणाममुखी काम गर्छौँ । नेतालाई जनता र जनतालाई नेता भनेको ढुङ्गाको भर माटो, माटोको भर ढुङ्गा हो ।

– राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रियताको सवालमा दृढ र अटल छ । असंलग्न परराष्ट्र निती र पंचशिलको सिद्दान्तमा प्रतिवद्ध छ ।
– नेपालालाई सबै धर्म संप्रदायको साझा सुन्दर फुलवारी बनाउन चाहान्छौँ ।
– नेपाललाई शान्ति क्षेत्र घोषण गरियोस् भन्ने प्रस्ताव मित्र राष्ट्र समक्ष पेश गर्ने छौँ ।
– जल जमिन र जंगलको अधिकतम् उपयोगबाट रोजगारीको सृजना गर्नेछौँ ।
– शिक्षालाई उच्च शिक्षासम्म पूर्णतः निःशुल्क बनाइने छ ।
– स्वास्थ्य सेवा सर्वसुलब र सबैको पहुँच बनाइने छ ।
– ‘स्वदेश फर्कौ युवा’ अभियानकै रुपमा संचालन गरिने छ ।
– राष्ट्रहित बिपरित कुनै सन्धि संझौता गरिने छैन ।

५. नेपालको राजनिति र नेपालका नेता देखेर जनता आजित भएका छन्, अव तपाईहरु जनतालाई कसरी विश्वस्त पार्नुहुन्छ ?

साच्चै भन्ने हो भने अहिलेको राजनितिक परिदृश्यले हाम्रो सुन्दर भविश्यको संकेत गर्दैन । जती पटक व्यवस्था फेरेपनि जनताका अवस्था उस्तै रहे । ठूला–ठूला सपना बाड्ने तर व्यवहारमा केही नगर्नेले राजनितिमा वितृष्णा पैदा भएको छ । दलहरुबाट जनविश्वास गुमिसकेको छ । ब्याप्त भ्रष्टचार, गरिबी, महंगीको मारमा हामी सबै छौँ । जनता, गाँस, बास र कपासको अभावमा छट्पटाइरहेका छन् । सुनिदिने र बुझिदिने कोही छैन । कही जाउ भने चोरलाई चौतारो, साधुलाई शुली छ । अब त केही गर्लान् की भन्यौँ निर्वाचनमा जिताएर पठायो जनताको विजिकाको सवालमा कोही बोल्दैन र केही गर्दैन । राजनिति कमाउने भाडोँ बनाइएको छ ।

त्यसैले जनता नेपाली राजनितिका नेता देखेर आजित छन् । त्यसै हाम्रो पार्टी यही वेतिथीका विरुद्ध यिनै मुद्दा लिएर जनताको माझमा गइरहेका छौँ । पुरानो ढर्राको राजनितिले विगारेको अवस्था नयाँ राजनितिले सफार्दै देश पनि बनाउँछ । नेताले राम्रो काम पनि गर्छन् भन्ने मूल्य स्थापीत गर्न हामीले काम गर्न चाहान्छौँ । देखिएको निरासलाई आसा, भरोसा र विश्वासमा बदल्ने संकल्प बोकेर राजनितिमा होमीएका छौँ । त्यो विश्वास स्थापीत गर्न जनताको विश्वास चाहिएको छ । हामीलाई आशा छ आइरहेको मंसिर ४ को निर्वाचनमा जनताले आफ्नो पक्षमा मत जाहेर गर्न राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाब चिन्ह् घण्टीमा मतदान गर्ने छन् ।

६= आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि के कस्तो तयारी छ ?
हाम्रो राष्ट्रिय स्वतन्त्र पार्टी यही २०७९ असार सात गते गठन भइ असार १७ गते निर्वाचन कार्यालयमा विधिवत् दर्ता भएको नयाँ पार्टी हो । हामीले निर्वाचनको पूर्व सध्यामा चुनावी र संगठनात्मक संरचनाको दुबै काम गर्नुछ । यी दुबै काम हामीसंग संगै अगाडि बढाएका छौँ । हामी प्रतिको विश्वास र मौजुदा राजनिति दल प्रतिको निरासले छोटो अवधीमै लाखौँ लाख जनताको साथ पाएका छौँ ।

जनताले लिएको यो उर्जा रचनात्मक काममा लगाउँने छौँ । हाम्रो पार्टी पटकपटक व्यवस्था केर्ने तर, रचनात्मक काम नगर्ने को विरोध गर्दछ । तथापी प्रशासनिक क्षेत्रमा हुने ठूलो व्ययभारको हिंसा ओगोेटेको प्रदेश संरचनामा हेरफेर गर्न चाहान्छ । प्रदेश संरचना कार्यकर्ता भर्ती केन्द्र नहोस्, आवश्यकताको सिद्दान्त अनुसार हुनुपर्दछ भन्ने कुरामा विशेष जोड दिइएको छ । हामी प्रदेश सभाको यो संरचना भित्र बसेर राज्यको व्ययभारको बोज बन्दैनौँ भनेर प्रदेश सभा निर्वाचनमा हाम्रो सहभागी नगर्ने निर्णयमा पुगेका छौँ ।

जनताको समस्याको उठान गर्ने र समाधानका लागि निकास दिने थलो प्रतिनिधि सभा भएकाले त्यहाँको निर्वाचनमा हाम्रो सहभागीता हुने छ । हामी दलित, अल्पसंख्यक, सिमान्तकृत जनताका मुद्दा, जनताले भोगी रहेको समस्या र ती समस्याको समाधानमा हामी संकल्प लिएर घरदैलोमा पुग्दैछौँ । सक्नेलाई छान्ने यो अभियान सफल पार्न समस्त जनमा अनुरोध गर्दछौँ । ‘अव नजागे कहिले जाग्ने’ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार