पहिरोका कारण भीमदत्त राजमार्ग अवरुद्ध

उज्यालो प्रतिनिधि १ आश्विन २०७९, शनिबार समाचार

कैलाली । तीन दिनदेखि लगातार परिरहेको वर्षाका कारण भीमदत्त राजमार्ग अवरुद्ध बनेको छ । वर्षाले कैलालीको खानीडाँडादेखि डडेल्धुराको भात्काडासम्म राजमार्गको ठाउँठाउँमा पहिरो जाँदा राजमार्ग अवरुद्ध बनेको अत्तरियास्थित सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अहिले डोजर प्रयोग गरेर कैलालीको सहजपुर क्षेत्रसम्मको पहिरो हटाइ सकिएको छ । अन्य स्थानमा पनि पहिरो हटाउने काम जारी रहेको र पहिरो हटाउँदै सवारी साधन गन्तव्यतिर पठाउने काम भइरहेकोे छ ।

कैलालीको खानीडाँडामा आएको पहिरो हटाएर सहजपुरसम्म यातायात चालु गरिएको र उता डडेल्धुरा क्षेत्रबाट पनि पहिरो हटाउने काम जारी रहेको उक्त कार्यालयले  जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार