सुनार खोलामा सास्ती, हरेक दिने सडक अवरुद्ध

उज्यालो प्रतिनिधि ३१ भाद्र २०७९, शुक्रबार समाचार

कालीकोट । कालीकोटको सदरमुकाम रहेको खाडाचक्र नगरपालिका–२ सुनार खोलाको पहिरोको उचित व्यवस्थापन नहुँदा यात्रुले हैरानी खेप्दै आएका छन् । पहिरोका कारण खोलामाथिको स्थानीयको जग्गा पनि बगेर क्षति भएको छ ।

हल्का पानी पर्दा बित्तिकै सधै अवरुद्ध हुने कर्णाली राजमार्गअन्तर्गतको सुनार खोलामा सवारी रोकिँदासाथ यातायात अवरुद्ध हुने गर्दछ । यातायात अवरुद्ध हुँदा यात्रुलाई सदरमुकाम पुग्न पाँच किलोमिटर पैदलै यात्रा गर्नुपर्ने बाध्यता हुन्छन् । कर्णाली राजमार्गको कालीकोट खण्डमा मात्र दर्जनौँ ठाउँमा पहिरो खस्छ । जिल्लाको सिमाना दहीखोलादेखि गगने खोला, काले खोला, जिते, सुनार खोला, गल्लीलगायतमा वर्षाको समयमा पहिरो खस्ने समस्या छ । सुनार खोला कटेपछि आनन्दको महसुस हुने गरेको चालक रवीन्द विश्वकर्मा बताए ।

सुर्खेतदेखि कालीकोट आएका यात्रु कमल भट्टराईले सुनार खोलाको पहिराले सडक अवरुद्ध हुँदा सडकको पेटीमै घण्टौँ बिताएको बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार