देउखुरी । राजपुरको एक सामुदायिक वनबाट सशस्त्र प्रहरीले अवैध सालको काठ बरामद गरिएको छ । राजपुर गाउँपालिका वडा नम्बर ५ सालभौरी सामुदायिक वनबाट अवैध ६.३३ क्युफिट चिरान थान सात सालको काठ बरामद गरिएको सशस्त्र प्रहरी बल नेपाल नं.२९ हेक्वा ज्वालामाई गण भालुवाङ्का प्रमुख बिनोद केसीले बताए ।
सशस्त्र बल नं.२९ हेक्वा ज्वालामाईण भालुवाङका सशस्त्र प्रहरी सहायक निरिक्षक बलबहादुर खड्काको कमान्डमा खटिएको गस्ती टोलीले गत आइतवार विहान ५;३० बजे सालभौरी सामुदायिक वनमा बेवारिसे अवस्थामा फेला पारि नियन्त्रणमा लिएको प्रमुख केसीले बताए ।
उहाँको अनुसार उक्त बरामद गरिएको काठ आवश्यक कार्वाहीको लागि सोमबार डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीलाई बुझाइएको छ । यता डिभिजन वन कार्यालय दाङ, देउखुरी लमहीका प्रमुख राजु क्षेत्रीले बेवारिसे काठको अनुसन्धानको प्रक्रिया अगाडि बढाइएको बताए ।
पछिल्लो समय यता डिभिजन वन कार्यालय दाङ, देउखुरी लमही र सशस्त्र प्रहरी बल नेपाल नं. २९ हेक्वा ज्वालामाई गण भालुवाङ्को सक्रियतामा विभिन्न जातका अवैध काठ र ओसार पसारमा संलग्न भएका व्यक्तीहरुलाई धमाधम पक्राउ गरि गर्न सफल भएको छ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।