माओवादी दाङमा आफ्नै घर फर्कौ अभियान शुरू

शिवु खनाल २४ भाद्र २०७९, शुक्रबार समाचार

दाङ । नेकपा (माओवादी केन्द्र)दाङमा आफ्नै घर फर्कौ अभियान शुरू भएको छ । अभियान अन्तर्गत पार्टी प्रवेश कार्यक्रमहरू शुरू भएका छन् । पार्टी प्रवेश गराउदा माओवादी छाडेर अर्को पार्टी प्रवेश गरेका नेता तथा कार्यकर्ताहरूलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

अभियानको शुरूवात बंगलाचुलीबाट शुरू गरिएको माओवादी केन्द्र दाङका इञ्चार्ज निर्मल आचार्यलेले बताउनुभयो । ूविभिन्न कारणले हाम्रो पार्टी छाडेर अन्य पार्टी जानुभएका नेता तथा कार्यकर्तालाई पार्टीमा फर्काउन थालिएको छ, उनले भने, पार्टीमा फर्केर आउनेहरूलाई लगानी र क्षमताको आधारमा उचित जिम्मेवारी दिइन्छ ।

अभियान अन्तर्गत अन्य पार्टीबाट समेत माओवादीमा प्रवेश गराइने छ । ूअन्य पार्टीमा रहनुभएका इमान्दार नेता तथा कार्यकर्तालाई पार्टीमा प्रवेश गराउने कार्यक्रम छ, आचार्यले भने, माओवादी बाट नै जनताको अधिकार सुनिश्चित हुने भएकाले अन्य पार्टीका नेता तथा कार्यकर्ताहरूको भविष्य पनि माओवादीमा छ ।

यसैबीच बंगलाचुली गाउँपालिकाबाट ३६ जना माओवादीमा प्रवेश गरेका छन् । पार्टी प्रवेश गर्नेहरूलाई जिल्ला इञ्चार्ज निर्मल आचार्य, जिल्ला संयोजक तुलसीराम पुन सुवास लगायतका नेताहरूले स्वागत गर्नुभएको थियो ।

कार्यक्रममा पार्टी अध्यक्ष डोमाकान्त कंवर, इन्चार्ज चुरामणि नेपाली, २ नं निर्वाचन क्षेत्रका संयोजक भक्तबहादुर ओली लगायतले शुभकामना मन्तब्य व्यक्त गर्नुभएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार