तनहुँ समाज हङकङद्वारा बिरामीलाई आर्थिक सहयोग

उज्यालो प्रतिनिधि २२ भाद्र २०७९, बुधबार समाचार

तनहुँ । तनहुँ समाज हङकङले मुटु रोगबाट पीडित तनहुँको ऋषिङ गाँउपालिका–७ की ४३ वर्षीया चन्द्रमाया नेपालीलाई आर्थिक सहयोग गरेको छ । समाजले उनीलाई रु एक लाख ७९ हजार सहयोग गरेको हो ।

डेढ दशकदेखि मुटु रोगबाट पीडित नेपालीलाई समाजका पूर्व अध्यक्ष भीमराज गुरुङ र श्रीराम आलेले उनकै घरमा गई सहयोग रकम हस्तान्तरण गरे । रोजगारीको सिलसिलमा हङकङमा रहेकाहरुले उक्त रकम सङ्कलन गरेका हुन् । उनको हालै मुटुको शल्यक्रिया गरिएको थिए । शल्यक्रिया पश्चात थप औषधी सेवन गर्नुपरेकाले आर्थिक अभाव भएको अवस्थामा गरिएको सहयोगले उपचारमा मद्दत पुगेको गुरुङले बताए ।

पीडित नेपालीका श्रीमान् डोलराजका अनुसार उपचार गर्न आर्थिक अभाव भएपछि तनहुँ हङकङ समाजलाई सहयोगका लागि आग्रह गरिएको हो । सामाजिक सेवामा सक्रिय समाजले यसअघि पनि थुप्रैलाई सहयोग गरेको छ । हङकङमा बसोबास गर्दै आएका नेपालीहरुले समन्वय गरी सहयोग रकम सङ्कलन गर्दै आएका कार्यक्रमका संयोजक प्रदीप काफ्लेले जानकारी दिए । समाजले एक दशकदेखि तनहुँको शिक्षा, स्वास्थ्य, खानेपानी, दैवीप्रकोपलगायत क्षेत्रमा सहयोग गर्दै आएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार