आधारभूतरुपमा कसैसँग पनि गठबन्धन हुँदैन : अध्यक्ष लिङ्देन

उज्यालो प्रतिनिधि २० भाद्र २०७९, सोमबार समाचार

नेपालगञ्ज । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आधारभूतरुपमा कसैसँग पनि गठबन्धन नहुने बताएका छन्।

राप्रपा बाँकेले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले आफ्नो पार्टीले आवश्यकताअनुसार जिल्ला तहमा अन्य दलसँग तालमेल गरेर जाने नीति लिएको उल्लेख गर्दै राष्ट्रियताका सवालमा नेकपा (एमाले) राप्रपासँग नजिक भएको बताए।

उनले तालमेलबाट बढी सिट ल्याउनेभन्दा पनि जनतासँगको सम्बन्धबाट नै बढी सिट ल्याउने अपेक्षा भएको स्पष्ट गरे । चुनाव घोषणा भएपछि सबै समान ढङ्गले चुनाव लड्नुपर्नेमा जोड दिँदै उनले अहिलेको संसद् विघटन गर्न माग गरे।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार