देउखुरी । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रिय सचिव भागवत विश्वासीले मंसीर ४ गतेको निर्वाचन पछी एमाले पार्टी खोज्नुपर्ने अवस्थामा पुग्ने बताउनु भएको छ । पार्टी निकट यूवा संगठन यूवा संघ नेपालको महाकाली मेचि यूवा जागरण कार्यक्रमलाई लमहीमा शम्बोधन गर्दै विश्वासीले एमाले प्रतिको जनमत खस्कदै भएको उल्लेख गर्दे निर्वाचन पछी एमालेको अवस्था धेरै खस्कने उहाँको भनाइ थियो । उनले भने, एमाले भित्रपनि केही राम्रा मान्छेहरु छन् तर, अध्यक्ष उनका आसपासका मान्छेहरुले मुलुकको नेतृत्व गर्न सक्दैनन्, वामपन्थी हुनै सक्दैनन्, त्यसैलेपनि चुनावपछी एमाले खोज्नुपर्छ ।
बर्तमान नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको स्वच्छाचारी शैलीकै कारण आफुहरुले विद्रोह गर्नुपर्ने अवस्था आएकाले वामपन्थीको नेतृत्व एसले गर्ने बताए । निर्वाचनमा केन्द्रित हुने निर्देशन दिदै सचिव विश्वासीले गठबन्धन बन्ने गठबन्धन प्रति इमानदार हुन समेत कार्यकर्ताहरुलाई निर्देशन दिए । कार्यक्रममा यूवासंघ नेपालका केन्द्रिय कोषध्यक्ष दिपक ज्ञवालीले यूवाहरुलाई जागरुप गराउन र महङ्गो निर्वाचन प्रणालीलाई पारदर्शी बनाउन आग्रह सहीतको महाकाली मेची यूवा जागरण कार्यक्रम संचालन गरेको बताए ।
उनले यूवा जागरुप भए परिवर्तन संस्थागत गर्न समस्या नरहेको बताउँदै आसन्न निर्वाचनमा यूवा शक्ती सशक्त ढङ्गबाट लाग्न समेत आग्रह गर्नुभयो । साउन १५ देखि अभियान टोली काठमाण्डौबाट कंञ्चनपुरको महेन्द्रनगर पुगेर महाकाली नदीमा नुहाएर अभियानको शुरुवात गरेका थिए । अभियान मेची पुगेर समापन हुनेछ ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।