साफ महिला फुटबल च्याम्पियनसिपको सबै तयारी पुरा, साढे ३ करोड बजेट

उज्यालो प्रतिनिधि १७ भाद्र २०७९, शुक्रबार खेल

काठमाडौँ । साफ महिला फुटबल च्याम्पियनसिपका लागि सबै तयारी पुरा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गरेर भदौ २१ देखि असोज ३ सम्म हुने प्रतियोगिताको तयारी पुरा भएको जानकारी दिएको हो ।

 

एन्फा प्रवक्ता सुरेश शाहले प्रतियोगिता सञ्चालन गर्न वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा १९ सदस्यीय मुल आयोजक समिति गठन गरिएको र त्यस अन्तरगत प्रतियोगिता सञ्चालानार्थ आवश्यक उपसमितिहरु समेत गठन गरेर काम गरिएको जानकारी दिए ।

प्रतियोगिताका लागि ३ करोड ४७ लाख ६७ हजार ६८० रुपैयाँ बजेट रहेको छ । जसमध्ये सहभागी टीमहरुको र म्याच अफिसियलहरुको खानपान र बसोबास खर्च साफले बेहोर्ने छ भने खेल मैदान तयारी र स्थानीय यातायात र अन्य खर्चहरु एन्फाले बेहोर्नेछ ।

प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, भुटान, बंगलादेश, पाकिस्तान र माल्दिभ्स गरी सात राष्ट्रको सहभागिता रहनेछ । सहभागी टीमहरुलाई दुई समूहमा विभाजन गरी लिगकम नकआउट प्रणालीमा खेल सञ्चालन हुने एन्फाले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार