डेङ्गु नियन्त्रणका लागि मकवानपुरमा घरदैलो अभियान

उज्यालो प्रतिनिधि १७ भाद्र २०७९, शुक्रबार बागमती

मकवानपुर । मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले डेङ्गु नियन्त्रणका लागि घरदैलो अभियान सञ्चालन गरिने भएको छ । उपमहानगरपालिकाका विभिन्न वडामा डेङ्गु सङ्क्रमण बढ्दै गए पछि घरदैलो अभियान थाल्ने तयारी छ ।

हेटौँडा–४, ५, १० र ११ मा केही सातादेखि फैलिएको डेङ्गु सङ्क्रमण अझै नियन्त्रणमा आउन सकेको छैन । ती चारवटै वडामा बिहीबार अपराह्नसम्म पाँच सय ३५ जनामा डेङ्गु फेला परेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । यसैगरी मनहरि गाउँपालिका–२, ४, ५ र ६ मा ९५ डेङ्गुका बिरामी फेला परेको कार्यालयले जनाएको छ ।

मकवानपुरमा सबैभन्दा बढी हेटौँडा उपमहानगरपालिका क्षेत्रमा करिब तीन सातादेखि फैलिएको प्रकोपलाई नियन्त्रण गर्न विभिन्न विधि अपनाएको भए पनि अझै नियन्त्रणमा आउन नसकिएकाले भदौ १९ देखि हेटौँडा उपमहानगरपालिकाका १९ वटै वडा र मनहरिका विभिन्न वडामा जिल्ला स्वास्थ्य कार्यालयले घरदैलो अभियान सञ्चालन गर्न लागेको वरिष्ठ जनस्वास्थ्य अधिकृत दीपक तिवारीले बताए ।

हेटौँडा र मनहरिका विभिन्न वडामा डेङ्गुबाट प्रभावितलाई तत्काल उपचार गर्न जिल्ला स्वास्थ्य कार्यालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा काठमाडौँको वीर अस्पताल, पाटन अस्पताल र त्रिभुवन शिक्षण अस्पताल उपचारका लागि पठाइएको उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत भोलिप्रसाद चौलागाईँले जानकारी दिए।

डेङ्गुबाट सामान्य प्रभावितलाई हेटौँडा अस्पताल, चुरेहिल अस्पताल र चितवनको भरतपुर अस्पताल भर्ना गरी उपचार थालिएको छ । डेङ्गुको पहिचान गर्न किट पर्याप्त मात्रा नहुँदा उपलब्ध गराइदिन हेटौँडा उपमहानगरपालिकाले सङ्घीय सरकारको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसमक्ष माग गरेको चौलागाईँले बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार