तरलताको अभावमा अधिकांश सहकारी, मुकदर्शक बन्दै सहकारी विभाग

उज्यालो प्रतिनिधि १६ भाद्र २०७९, बिहीबार

समुन्द्र गिरी,काठमाडौं । सहकारी अत्यन्त सामान्य आर्थिक अवस्था भएकाहरुको बचत गर्ने थलो हो । ग्रामिण भेगका आम नागरिकको जीवनस्तर उकास्न भन्दै सहकारीको स्थापना गरियो तर अहिले ग्रामिण भेगमा भन्दा सुविधा सम्पन्न शहरमा बढी देख्न पाईन्छ । करिब ५ दशक लामो इतिहास भएको सहकारी अभियान भने यतिबेला चरम तरलता अभावको चपेटामा छ । अहिले सहकारी क्षेत्रमा केही बाहेक अधिकांश सहकारी तरलता अभाव पाउने गर्छौं । जसका कारण महान उद्देश्य बोकेको सहकारी अभियान नै बदनाम हुन पुगेको छ ।

स्थानीय स्तरमा भएका उत्पादनलाई बजारीकरण गर्ने देखि निमुखा गरिब जनता देखि गाउँ गाउँसम्म बैकिङ्ग सेवा प्रदान गरेर सामाजिक पहुँच विस्तार गर्न सहकारी धेरै सहकारी अभियान सुरु भएको हो । तर अहिले यसले पनि बैकिङ प्रणाली सरह काम गर्दा सहकारीको औचित्यलाई आत्मसाथ गर्न सकिरहेको छैन । सहकारीका संचालकको चाडोँ कमाउने महत्वाकांक्षीका कारण अनुत्पादक क्षेत्रमा लगानी गर्दा अहिले सहकारीका बचतकर्ताले सहकारी अभियान प्रति विश्वास गर्न सकिरहेको अवस्था छैन ।

अहिले प्राय सहकारी संस्थाले आधारभूत नीति नियम विपरित बजारका केही सहकारीका सञ्चांलकहरूले घर जग्गा, सेयर, सवारीसाधन जस्ता अनुत्पादक क्षेत्रमा ठूलो मात्रमा लगानी गरेका छन् । सहकारीको बारेमा अनुभव, अध्ययन र अनुसन्धान नगरी सहकारी चलाउनु पनि अर्को समस्या हो । प्रदेश र स्थानीय स्तरबाट सहकारी दर्ता हुनु, सहकारी अभियन्ताका रुपमा राजनीति गर्नु, यी सबै नकारात्मक पाटाहरू हुन् । सहकारीमा ठगी प्रवृत्ति पनि उस्तै हावी छ । सहकारी विभागले दिएको तथ्यांक अनुसार अहिले देशभर करिब १५ वटा सहकारी अत्याधिक समस्याग्रस्त छन् । सहकारी विभागको यो तथ्यांक र वास्तविकता हर्ने हो भने अहिले १५ मा त्र हाईन केही सहकारी बाहेक देशभरका सहकारी समस्याग्रस्त छन् र तीनमा तरलताको अभाव छ । सहकारी अभियान सुरु भएर अहिले देशभर करिब ३५ हजार सहकारी संस्था छन् । तर निमिुखा जनताले विश्वास गरेर बचत गर्न सकने सहकारी भने भेटिएको छैन । सरकारले आन्तरिक तयारी बिना नै सहकारी अभियान थाल्दा यसले सहकारीको उद्देश्य पूरा गर्न सकिरहेको छैन ।

सबै सहकारी उस्तै छन् सबैमा तरलता अभाव छ भन्ने हाम्रो निष्कर्ष होइन । केही सहकारी आम नागरिकको बचतलाई सुरक्षित गरेका छन्,सुनिश्चित गरेका छन् । त्यसै मध्यका एउटा हो धनगढीमा रहेको नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लि. करिब १७००० सेयर सदस्य र झन्डै ३ अर्ब लगानी कर्जा कारोबार रहेको नवजीवन अहिले विभिन्न ७ स्थानहरुमा शाखा बिस्तार गरिसकेको छ, जस मध्ये टिकापुर र धनगढीमा आफ्नै भवनबाट सेवा प्रबाह गर्दै आएको नवजीवन नेपाल राष्ट्र बैंक बाट बैंकिङ कारोबार गर्न पाउने पहिलो सहकारी भएको हुनाले त्यस्ता सहकारीबाट पक्कै पनि केही सिक्नुपर्छ ।

पछिल्लो समय सहकारीहरुको नियमनकारी निकाय सहकारी विभागले प्रभावकारी भूमिका खेल्न नसक्दा पनि सहकारी क्षेत्रमा यस्तो समस्या आएको हो । अहिले विभाग कुनै बचतकर्ताले रित पुर्याएर कुनै बचत कर्ताले उजुरी दिन आएमा त्यसका लागि आवशयक प्रक्रिया चाल्नमा मात्र सिमित छ । सहकारी विभागले सहकारी क्षेत्रकमा भएका समस्या समाधान गर्नका लागि आवश्यक कदम चाल्न नसकेको कतिपयको बुझाई छ । सहकारी कर्जा सूचना केन्द्रको हल्ला चलेको ३ बर्ष बितिसक्यो, ऐन बनेर कार्य योजना बनाएर लागु हुन भने अझै सकेको छैन, त्यसलाई मूर्त रुप दिन आवश्यक छ । ऋण असुली सरलीकरण र व्यवस्थित हुनु जरुरी छ । त्यस्तै सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी बृद्धि गर्ने कार्ययोजना तयार गर्नुपर्छ । वचत तथा ऋण सहकारी संस्थाको नियमनका लागि छुट्टै नियमक निकाय स्थापना गर्ने सरकारको घोषणालाई तत्काल लागु गर्नपर्छ । एकीकरणको नारालाई व्यवहारमा बदल्नु पर्दछ । राज्य बाट एकीकरणका लागि थप उत्प्रेरणा अवाश्यक देखिन्छ । यी सवै सुधारात्मक पक्षहरु हुन् ।
सहकारी गरिब निमुखा र सामान्य आर्थिक अवस्था भएका नागरिकको बचतसंग जोडिएको अत्यन्त संवेदनशील क्षेत्र हो । यस्तो क्षेत्रमा भएको तरलता अभावको समाधानका लागि सहकारी संस्था, नियमनकारी निकाय र सरोकारवालाहरुले कसरत गर्नेपर्छ ।

Facebook Comments Box

Leave a Reply

Your email address will not be published. Required fields are marked *