रुसले बन्द गर्‍याे युरोप जाने मुख्य ग्यास पाइपलाइन

उज्यालो प्रतिनिधि १५ भाद्र २०७९, बुधबार विश्व

एजेन्सी । मर्मत सम्भारको भन्दै रुसले मुख्य पाइपलाइनबाट युरोप आपूर्ति हुने ग्यास आपूर्ति रोकेको छ । रुसी सरकारको स्वामित्वमा रहेको उर्जा कम्पनी गाजप्रोमले नर्ड स्ट्रिम १ पाइपलाइनमाथिको प्रतिबन्ध आगामी ३ दिनसम्म लागू हुने बताए ।

रुसले यसअघि नै पाइपलाईनमार्फत हुने ग्यास निर्यात रोक्का गरेको छ । युक्रेनको आक्रमणपछि प्रतिबन्ध लगाउने पश्चिमी राष्ट्रहरूलाई दण्ड दिन उर्जा आपूर्तिहरू प्रयोग गरेको भन्ने आरोपलाई पनि मस्कोले अस्वीकार गर्दछ।

नर्ड स्ट्रिम पाइपलाइन सेन्ट पिटर्सबर्ग नजिकैको रुसी तटबाट उत्तर–पूर्वी जर्मनीसम्म बाल्टिक सागर मुनि १२ सय किलोमिटब्ह्र फैलिएको छ ।

सन् २०११ मा खुलेको यो पाइपलाइनमा रुसबाट जर्मनीमा दैनिक १७० मि क्युबिक मिटर ग्यास आपूर्ति हुन्छ । रुसी अधिकारीहरुका अनुसार मर्मत सम्भारका लागि पाइपलाइन जुलाईमा १० दिन बन्द भएको थियो र रुसले उपकरणमा समस्या भएको जनाए पनि हाल २० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको छ ।रुसले ग्यासको मूल्य बढाउन खोजेको युरोपेली नेताले त्रास व्यक्त गरेका छन् ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार