प्रतिनिधिसभामा समितिको प्रतिवेदन पेस

उज्यालो प्रतिनिधि १३ भाद्र २०७९, सोमबार समाचार

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन पेश भएको छ ।

बैठकमा समितिका सभापति नीरादेवी जैरुले समितिको वार्षिक प्रतिवेदन, २०७६ र एकीकृत प्रतिवेदन, २०७९ पेस गर्नुभएको हो । ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको वार्षिक प्रतिवेदन, २०७६’ र ‘राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन समितिको एकीकृत प्रतिवेदन, २०७९’क पेस भएको छ ।

समिति गठन भएपश्चात् प्रतिवेदन तयारीको अवधिसम्म कूल ५३ बैठक भएको र संविधानमा उल्लेख भएका राज्यका विभिन्न नीतिमध्ये शिक्षा, स्वास्थ्य, अन्तर्राष्ट्रिय सम्बन्ध तथा विकाससम्बन्धी नीतिका विषयलाई प्रमुख प्राथमिकतामा राखी समितिको कार्ययोजना तयार गरी कार्यान्वयन गर्दै आएको सभापति जैरुले बताए ।

उनले समितिलाई आगामी दिनमा प्रभावकारी र परिणाममुखी बनाउन सरोकारवालासँग समन्वय गरेर अघि बढ्ने विश्वास व्यक्त गरे। बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको बेहोरा पढेर सुनाएका थिए ।

त्यसैगरी सभामुख सापकोटाले नेपाली कांग्रेसका तर्फबाट सिरहा क्षेत्र नं १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप गिरीको गत भदौ ४ गते निधन भएकाले नेपालको संविधानको धारा ८९ को खण्ड (च) बमोजिम प्रतिनिधिसभा सदस्यको स्थान एक रिक्त भएको व्यहोरा जानकारी गराएका थिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार