सप्तरीमा सशस्त्र प्रहरीद्वारा लाखौंको अबैध कपडा र गाेरु बरामद

उज्यालो प्रतिनिधि १० भाद्र २०७९, शुक्रबार फोटो समाचार

शुभ नारायण यादव, सप्तरी । पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा सशस्त्र प्रहरीले सकृयता बढाएपछि चाेरि तस्करी नियन्त्रणमा आउन थालेकाे छ । यसे क्रममा पछिल्लोपटक सशस्त्र प्रहरीले लाखौंको अबेध कपडा र गाेरु बरामद गरेकाे हाे । सशस्त्र प्रहरी बल नेपाल बिओपी स्वर्णपटिकाे टाेलिले सप्तरीको बाेदे बर्साइन नगरपालिका वडा न.६ स्थित खामगाढाबाट सशस्त्र प्रहरीले १ लाख २ हजार ६७० रुपैया बराबरको अबेध कपडा बरामद गरेको सशस्त्र प्रहरी बल नेपाल ६ न. गणका गणपति सशस्त्र प्रहरी उपरिक्षक प्रदिप खडकाले जानकारी दिए । भारतबाट अबैध रुपमा भन्सार छलि नेपालतर्फ ल्याउदे गरेकाे अवस्थामा शङ्का लागि चेकजाच गर्दा साे मूल्य बराबरको अबैध कपडा बरामद भएको उनले बताए ।

त्यसेगरि सप्तरीको तिलाठि काेइलाडि गाउपालिका वडा न.२ लाेनियाबाट सशस्त्र प्रहरीले २० हजार मूल्य बराबरकाे अबेध गाेरु तथा बाछाहरु बरामद गरेकाे छ। बिओपी तिलाठिका सशस्त्र प्रहरी निरिक्षक कृष्ण कुमार भण्डारीकाे कमान्डमा खटिएको टाेलिले लाेनियाबाट १० वटा बाछाहरु बरामद गरेकाे सशस्त्र प्रहरीले जनाएको छ । स्थानीय लाल माेहम्म्द मियाले नेपमलबाट अबेध रुपमा भारततर्फ तस्करि गरिरहेकाे अवस्थामा चेकजाचकाे क्रममा साे बाछाहरु बरामद गरिएको हाे । यता बरामद गरिएका कपडा तथा बाछा तथा तस्कर समेतलाई आवश्यक अनुसन्धानकाे लागि राजविराज भन्सा कार्यालय तिलाठि बुझाएको सशस्त्र प्रहरी बल नेपाल ६ नं गणले जनाएको छ ।

यता पछिल्लोपटक सप्तरीको विभिन्न सिमावर्ति नाकाहरुमा खुला सिमानाका कारणले अबेध समान ओसारपसारमा बृद्धि भए पछि सशस्त्र प्रहरीले सक्रियता देखाएपछि तस्करहरु सप्तरीबाट विस्थापित हुने अवस्थामा पुगेकाे सीमावर्तिका स्थानीयहरुकाे कथन रहेकाे छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार