तालमा डुवेको तीनदिनपछी शव फेला

शिवु खनाल ८ भाद्र २०७९, बुधबार समाचार

देउखुरी । दाङको कृत्रिम तालमा डुवेर बेपत्ता भएको तीन दिनपछी शब फेला परेको छ । दाङको घोराही उप–महानगरपालिका कर्जाहीमा रहेको कृृत्रिम जलासयमा घोँघी खोज्न गएका घोराही उप–महानगरपालिका वडा नम्बर १७ का ४० बर्षिय अम्मर चौधरीको शब तीन दिनपछी फेला परेको हो ।

सोमबार घोँघी टिप्न जलाशयमा डुवेका चौधरी बेपत्ता भएपछि घरपरिवार, छिमेकीहरुले प्रहरीलाई खबर गरेका थिए । शसस्त्र प्रहरीवल नं. २९ हेक्वा ज्वालमाइगण भालुवाङबाट खटिएको टोलीले शव फेला पार्न सफल भएको हो ।

विपद् व्यवस्थापन सम्बन्धि तालिम प्राप्त शसस्त्र प्रहरी र नेपाल प्रहरीको सहयोगमा शब फेला सफल भएको शसस्त्र प्रहरीवल नं. २९ हेक्वा ज्वालमाइगणका एसपी विनोद केसीले जानकारी दिए । शवको पोस्टमार्टम पछी परिवारको जिम्मा लगाइने प्रहरीले जनाएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार