बाख्रापालनबाट मनग्य आम्दानी

उज्यालो प्रतिनिधि ८ भाद्र २०७९, बुधबार समाचार

सुन्दरहरैँचा । मोरङको सुन्दरहरैंचा–१ कुमारगाउँका विशाल बुढाथोकीले बाख्रापालन गरेर मनग्य आम्दानी गर्दै आउनुभएको छ । धनकुटाबाट बसाइ सरेर सुन्दरहरैंचा आउनुभएका बुढाथोकी तनमन लगाएर बाख्रापालनमा लाग्नुभएको छ । पाँच वर्षदेखि बुढाथोकीले कृषि फार्म सञ्चालन गरेर यसमै लाग्नुभएको छ ।

“बाख्रापालनबाट वार्षिक रु १५ लाख आम्दानी गर्न सफल भए”, उनले भने । उनको फार्ममा उन्नतजातका बयर, जमुनावारि र लोकल जातका गरेर ७० खसीबाख्रा छन् । सुरूआतमा बुढाथोकीले चार बाख्रा र स–साना पाठापाठीबाट व्यावसाय थाल्नुभएको हो । हाल उनको फार्ममा बग्रेल्ती खसीबाख्रा देख्न सकिन्छ । बुढाथोकी परिवार खसीबाख्रा र पाठापाठी खरिद बिक्रीबाट मनग्य आम्दानी आर्जन गर्दै आएको छ ।

बुढाथोकी जिल्लामै अगुवा र मेहेनती कृषकका रूपमा परिचित छन। उनीलाई व्यवसायमा अघि बढ्न बुवा खगेन्द्रको पनि भरपर्दो साथ सहयोग रहेको छ । “गाई, भैँसी र कुखुरासमेत पालेको छु”, उनले भने । स्वदेशमै बसेर कृषि फार्म सञ्चालन गर्नुभएका बुढाथोकीले केहीलाई रोजगारीसमेत प्रदान गर्नुभएको छ । बाह्र कक्षासम्म अध्ययन गर्नुभएका उहाँले फार्म विस्तारको योजना बनाउनुभएको छ ।

चार बिघा जमिनमा खेतीपाती गर्दै बुढाथोकीले खसीबाख्रा र गाईभैँसीका लागि घाँस परालको जोहोसमेत गर्नुभएको छ । कृषि पेशाका लागि कहीँकतैबाट अहिलेसम्म सहयोग पाउन नकसेको उनले बताए । “सरकारले अनुदान उपलब्ध गराएर युवा जनशक्तिलाई कृषि पेशामा लाग्न हौसला दिनुपर्छ”, बुढाथोकी भन्नुहुन्छ । बाख्रापालनकै आम्दानीले घरपरिवारको खर्च टारेर छोराछोरीलाई समेत शिक्षादिक्षा दिन सफल भएको उनको भनाइ छ । उनको कर्मले गाउँमा अरूलाई पनि हौसला मिलेको छ ।

सुन्दरहरैंचा नगरपालिकाको उत्तरतर्फ चारकोशे झाडी छ । त्यहाँ बाख्रापालन गर्न कृषकलाई सहज छ । सुन्दरहरैँचा नगर क्षेत्रमा हाल ९८ बाख्रापालनको फार्म दर्ता छन् । नगर पशु चिकित्सक जीवन चापागाईँ बाख्रापालकलाई मुख्यरूपले छेरूवा, नाम्ले, जुका, घाउ हुने, ज्वरो आउने, पेट ढाडिनेलगायत समस्याले दुःख दिने गरेको बताए । “यसतर्फ कृषक सचेत रहन जरूरी छ”, उनले भने । कृषि फार्म दर्ता गरेर अघि बढ्न चाहने कृषकका लागि विविध कार्यक्रम अघि बढाउने योजना रहेको नगरप्रमुख केदारप्रसाद गुरागाईँ बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार