रुसी हतियारले विरोधी देशका हतियारलाई फिका बनाउने पुटिनको दावी

उज्यालो प्रतिनिधि ३१ श्रावण २०७९, मंगलवार विश्व

एजेन्सी । रुसले आफ्ना उन्नत हतियारहरू विश्वभरका मित्र राष्ट्रलाई बेच्न तयार रहेको राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् । साथै पुटिनले उन्नत सैन्य प्रविधि विकास गर्न मित्र शक्तिसँग सहकार्यको प्रस्ताव पनि राखेका छन् । मस्को सहरको बाहिरी भागमा भईरहेको हतियार प्रदर्शनीमा बोल्ने क्रममा पुटिनले उक्त कुरा राखेका थिए ।

 

सम्बोधनमा पुटिनले रुसी उन्नत हतियारहरुले कुनै पनि प्रतिद्वन्द्वी मुलुकका हतियारलाई फिका बनाइदिने दावी गरे । ‘हाम्रा धेरै हतियारहरु अन्य विदेशी मुलुकका हतियारको तुलनामा वषौं अझ दशकौं अगाडि छन् ,’ उनले भने ।
तर केहीले पुटिनको दावीलाई युक्रेनको पछिल्लो स्थितिसँग मेल नखाने बताएका छन् । युक्रेनले अमेरिकाको हिमर सहयोगमा पाएदेखि रुसी फौजले ठूलो क्षति बेहोरिरहेको छ । पछिल्लो समय पूर्वी युक्रेनमा रुसी अग्रता पनि सुस्त बनेको छ । यसले रुसी प्रतिरक्षा प्रणालीहरू अमेरिकी हिमर रकेट प्रणालीका अघि कमजोर देखाएको छ ।

तर पुटिनले सम्बोधनमा रुसी फौज र दोनवास क्षेत्रका पृथकतावादी शक्तिले ‘एक एक गरेर दोनवासलाई मुक्त गरिरहेको’ दावी गरे ।
मित्रशक्तिसँग सहकार्य गर्ने पुटिनको पछिल्लो भनाईहरु फेब्रुअरी २४ मा युक्रेनमाथि आक्रमण भएदेखि पुटिन र उनको सरकारका विदेश मन्त्री सगेई ल्याभरोबले मित्र शक्तिसँगको सहकार्यकै प्रस्तावको सिलसिलामा आएको छ ।
रुसले विशेषत चीन, भारत, इरान र अमेरिकी नीतिमा एकाकार हुन नचाहने क्षेत्रीय शक्तिसँग मित्रता बलियो बनाउने प्रयास थालेको छ । उनीहरु अमेरिका प्रभुत्वमा रहको हालको विश्व व्यवस्था तोड्ने गठबन्धनको पक्षमा छन् ।

‘रुस वृहद विकास तथा सैन्य–प्राविधिक सहकार्यको पक्षमा रहेको जोड दिन चाहन्छौं । आज उदाउदो बहुध्रुविय विश्वको परिपेक्षमा यसको महत्व झन् बढेर गएको छ । विभिन्न महादेशमा हाम्रो देशको धेरै विचार मिल्ने सहकर्मी र साझेदार छन् । उनीहरु तथाकथित अधिपत्यका सामु झुक्न तयार छैनन् ,’ पुटिनले भने । रुसले एशिया, अफ्रिका र ल्याटिन अमेरिकामा उलेख्य परिमाणमा हतियार बेच्ने गर्छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार