राष्ट्रपति भण्डारीद्वारा विधेयक प्रमाणीकरण

१३ भाद्र २०७६, शुक्रबार ०९:५५ मा प्रकाशित

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित जीवनाशक विषादी व्यवस्थापन सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक, २०७६ लाई प्रमाणित गरेकी छिन् ।

नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले उक्त विधेयक प्रमाणित गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

अल न्युज नेट्वर्कद्वारा सञ्चालित उज्यालो नेट्वर्क डटकम नेपाली, अंग्रेजी संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । हामीसँग फेसबुकट्वीटर मार्फत पनि जोडिन सक्नुहुनेछ ।

सामाजिक संजालवाट साभार