काठमाडौं । मोडल एंव निर्देशक हेरुका लामाद्धारा निर्देशित चम चम -०३ को म्युजिक भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार बौद्धको पिपलबोटस्थित सेकुवा जक्सनमा पत्रकार सम्मेलन गरि उक्त ग्व्तको म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।
हेरुका लामाको अफिसियल युटुब च्यानल हेरुका लामा अफिसियलबाट बजारमा ल्याएको उक्त गीतलाई तामाङ चलचित्र जगतका महानायक अमिर दोङले क्लिक गरी भिडियोको रिलिज गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै महानायक दोङले चम चम -०३ गीतको म्युजिक भिडियो राम्रो बनेको प्रतिक्रिया दिए । उनले हेरुका लामासँग सहकार्य गरेर काम गरेको २ वर्ष भएको र हेरुकाले कामलाई गम्भीर र राम्रो ढंगले गरेको बताए ।
निर्देशक एंव मोडल हेरुका लामाले भिडियोमा फरकपन ल्याउने कोसिस गरिएको बताए । उनले तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको बताए ।
“गीतबाट आम्दानी हुने खासै स्रोत छैन । युटुबबाट नि त्यति कमाइ हुदैन । तामाङ सांगीतिक क्षेत्रलाई थप अघि बढाउन यो भिडियोले मद्धत गर्नेछ , तामाङ सांगीतिक क्षेत्रमा इट्टा थप्ने काम भएको हो भन्ने मलाई लाग्छ ।” निर्देशक एंव मोडल लामाले चम चम गीतको सिरिज ६ सम्म आउने जानकारी समेत गराए ।
प्रतीक मोक्तानले लेखेको उक्त गीतलाई जोगलाल लामाले संगीत र संगीत संयोजन, गायक बेनु लामा र गायिका सिर्जना स्याङ्तानले गाएकी हुन । दिपेश प्रधानले मिक्सिङ गरेको गीतलाई स्टुडियो एचडिमा रेकर्ड गरिएको हो ।
हेरुका लामा, रश्मिला तामाङ, दिनेश लामा र सोनी गोलेको अभिनय समेटिएको उक्त गीतको म्युजिक भिडियोलाई रोनिश तामाङ्ले छायांकन गरेका हुन भने पेम्जोङ लामा र भारती तामाङले निर्माण गरेका हुन । हेरुका लामाले नै कोरियोग्राफी र निर्देशन गरेको उक्त गीतलाई बज्र ङेसुरले सम्पादन र कलर सम्पादन गरेका हुन । भिडियोमा कुइसाइ रुम्बा र कुमार लामालाई अतिथी कलाकारको रुपमा देख्न सकिन्छ । बाल कलाकार सयाङ गोलेको पनि अभिनय स्मेटिएको छ ।