काठमाडौं । नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका उपाध्यक्ष जिपी मैनालीले गठबन्धनका युवाहरुलाई अघि सार्नुपर्ने बताएका छन्।अखिल क्रान्तिकारी काठमाडौं फरेष्ट्री कलेजको आठौ इकाई सम्मेलनमा बोल्दै अखिल क्रान्तिकारी उपाध्यक्ष मैनालीले गठबन्धनले युवा नेतालाई चुनावी मैदानमा उतार्नुपर्ने बताए।उनले युवाहरुलाई चुनावी प्रचारमा मात्र नखटाउन नेतृत्वसँग आग्रह गरे।


गठबन्धनका नाममा कपाल फुलेका र ७० कटेकालाई फेरी चुनावमा नउठाइयोस।हामी विद्यार्थी संगठनहरुले यसको लागि दबाब दिन्छौ।उनले भने,पार्टीभित्र संघर्ष गरेका युवाहरुको पङ्ती ठुलो छ।के ती युवाहरु अवसर नपाई बुढा हुन पर्ने हो। नेता छान्ने सबालमा समाजको साइकोलोजीु नयाँ ठाउँमा पुगेको तर पुरान दलहरुको उमेदवार उठाउने शैली भने पुरानै रहेको भन्दै मैनालीले माओवादी भित्र पनि युवा बिध्यार्थीका पुर्व नेताहरुलाई बिशेष प्राथमिकतामा राखिनु पर्ने बताए । नेबिसंघ र अखिलले पनि आ-आफ्ना पार्टी हेडक्वार्टरमा दवाब बढाउन समेत उनले आग्रह गरे ।


अखिल क्रान्तिकारीमा , आवद्ध विद्यार्थीहरुले पार्टी र गठबन्धनका उमेदवारको पक्षमा माहोल बनाउनुपर्ने उनको भनाइ थियो अखिल(क्रान्तिकारी)ले पछिल्लो दुई महिना यता मुलुकभर बिध्यार्थी सँग अखिल(क्रान्तिकारी)अभियान संचालन गरिरहेको छ ।सम्मेलनले टेम्बा गुरुङको नेतृत्वमा ४५ सदस्यि कमिटी निर्वाचित गरेको अखिल(क्रान्तिकारी)नेता मिनेस धितालले जानकारी दिए !
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।






