काठमाडौं महानगरको ४४.२४ प्रतिशत बजेट खर्च

उज्यालो प्रतिनिधि २५ श्रावण २०७९, बुधबार समाचार

काठमाडौँ ।  गत आर्थिक वर्षमा काठमाडौं महानगरले ४४.२४ प्रतिशत बजेट खर्च भएको जनाएको छ । आज कामपाको आव २०७८/७९ को वार्षिक समीक्षा बैठकमा उक्त जानकारी गराइएको हो ।

 

गत आर्थिक वर्षका लागि कामपाले रु १६ अर्ब ५२ करोड ८७ लाख ११ हजार बजेट विनियोजन गरेको थियो । जसमा रु सात अर्ब ३१ करोड ३५ लाख २९ हजार चार सय ४२ खर्च भएको छ । बैठकमा कामपाका प्रमुख बालेन्द्र साहले चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रमलाई कार्ययोजना र समय तालिका बनाएर कार्यान्वयन गराउनुपर्नेमा जोड दिए ।

जनप्रतिनिधिले बनाएका नीतिहरु कर्मचारीहरुले प्रभावकारी कार्यान्वयन गरी जनताले हेर्न, देख्न र महसुस गर्ने ठाउँ रहेको भन्दै कामपाका प्रवक्ता नवीन मानन्धरले, प्राथमिकता र जनसरोकारका विषयलाई प्राथमिकतामा राखेर चालु आवका कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राखे ।

बैठकमा विभाग, आयोजना, एकाइ, सचिवालय गरी २४ क्षेत्रबाट प्रस्तुतीकरण हुनेछ । गएको वर्ष स्वीकृत नीति तथा कार्यक्रमका आधारमा कार्यान्वयन गरिएका र गर्न नसकिएका कार्यक्रमको मूल्याङ्कनका लागि समीक्षा बैठक आयोजना गरिएको हो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार