गुँला पर्वको अवसरमा पर्यटन मन्त्री श्रेष्ठले गरे स्वयम्भू महाचैत्य परिक्रमा

उज्यालो प्रतिनिधि २३ श्रावण २०७९, सोमबार समाचार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठ आज गुँला पर्वमा सहभागी भइ स्वयम्भू महाचैत्य परिक्रमा गर्नुभएको छ ।

एक महिना मनाइने मनाइने यो पर्वको अवसरमा विभिन्न परम्परागत बाजागाजाका साथ स्वयम्भू महाचैत्यको परिक्रमा गरिन्छ ।

आज बिहान मन्त्री श्रेष्ठ स्वयम्भू भगवान्को दर्शन गरी स्वयम्भू महाचैत्यको परिक्रमा गर्नुभएको हो ।

यो पर्व बुद्ध धर्मावलम्बी नेवार समुदायको मात्र नभएर सम्पूर्ण नेपालीको ऐतिहासिक पर्व रहेको मन्त्री श्रेष्ठले बताउनुभयो । काठमाडौँको बौद्ध परम्परामा यसको विशेष महत्व रहेको उनको भनाइ छ । ‘गुँला’ महिना भर धाः घिमेः नगरा, नाय्खिं, दमखिं, दबदब, भृदङ्गा, पौ पिचा र क्वचा(खिं) जस्ता बाजा बजाई पूजापाठ गर्ने प्रचलन छ ।

यस पर्वमा अघिअघि बाजा र सङ्गीत, पछिपछि भक्तजन रहने गर्दछन् । यस पर्वले विभिन्न बाजालगायत संस्कृतिको संरक्षणमा टेवा पु¥याएको चर्चा गर्नुहुँदै मन्त्री श्रेष्ठले यसको जीवन्तताको लागि सबै पक्षको सहयोग आवश्यक रहेको बताए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार