गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर

उज्यालो प्रतिनिधि २२ श्रावण २०७९, आईतवार समाचार

काठमाडौँ । जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्डमा लाग्ने धार्मिक मेला भर्न जाने तीर्थयात्रीमा स्वास्थ्य समस्या आउन नदिन हिमालयन उद्धार सङ्घ नेपालले यस वर्ष पनि गोसाइँकुण्डमा अस्थायी स्वास्थ्य शिविर सञ्चालन गर्ने भएको छ ।

सङ्घले आज जारी गरेको विज्ञप्तिमा काठमाडौँबाट अस्ति साउन २० गते नै सात जनाको चिकित्सक एवं स्वास्थ्य सहायकको एक टोली त्यसतर्फ प्रस्थान गरेको उल्लेख छ । स्वास्थ्य शिविर साउन २३ गतेदेखि २७ गतेसम्म सञ्चालन रहने जनाइएको छ ।

झण्डै चार हजार तीनसय ८० मिटरको उचाइमा रहेको यस तीर्थस्थलमा जाने तीर्थालुलाई लेक लाग्ने, टाउको दुख्ने, भोक नलाग्ने, स्वाँस्वाँ हुने, वाकवाक लाग्ने, बान्ता हुने, अस्वभाविक थकान महसुस हुने, नभएको वस्तु पनि भएजस्तो लाग्ने र एउटा वस्तुलाई दुई वटा देख्ने जस्ता समस्या आउने गर्दछ ।

उक्त धार्मिक मेलामा हजारौँको सङ्ख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने गर्दछन् । विश्वव्यापी महामारीका कारण विगत दुई वर्ष नेपाल सरकारले कुनै पनि भेला, जमघट नगर्नु, नगराउनु भन्ने सूचना जारी गरेका कारण स्वास्थ्य शिविर सञ्चालन हुन सकेको थिएन ।

स्वास्थ्य शिविरका लागि गोसाइँकुण्डमा स्वास्थ्य सेवा पु¥याउनुका साथै तीर्थयात्रीलाई गोसाइँकुण्ड एवं लेक लाग्ने रोगबारे लेखिएको सूचनामूलक पर्चा सामग्री पनि वितरण गरिने सङ्घका उपाध्यक्ष तथा गोसाइँकुण्ड कार्यक्रमका संयोजक कुमार रानाभाटले जानकारी दिए । सङ्घले लामो समयदेखि प्रत्येक वर्ष जनैपूर्णिमाका अवसरमा गोसाइँकुण्ड जाने तीर्थयात्रीलाई लक्षित गरी विभिन्न कार्यक्रम सञ्चालन गर्दै आइरहेको उनले बताए।

गोसाइँकुण्डलगायत अन्य हिमाली क्षेत्रमा भएका धार्मिकस्थल पाँचपोखरी, दूधकुण्ड तथा दामोदरकुण्ड जाने तीर्थयात्रीले उच्च हिमाली क्षेत्रका विषयमा, लेक लाग्ने रोगका विषयमा जानकारी लिन चाहेमा आवश्यक जानकारी र सूचना प्रदान गर्ने गरिएको पनि उनले उल्लेख गरे ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार