तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा तीन दिने पत्रकारिता तालिम सुरु

उज्यालो प्रतिनिधि २१ श्रावण २०७९, शनिबार समाचार

 

काभ्रे । तामाङ पत्रकार संघ भक्तपुरको आयोजनामा तीन दिने उद्घोषक, व्यक्तित्व विकास र छापा अनलाइन पत्रकारिता सम्बन्धि नि : शुल्क तालिम सुरु भएको छ ।

No description available.

२८ औं तामाङ प्रसारण दिवसको अबसर पारेर नगरकोटको होटल साकुरा दरबारमा नेपाल तामाङ शैक्षिक परामर्श संघको अध्यक्ष के.डी. मोक्तानको प्रमुख आतिथ्यमा तालिमको उद्घाटन गरेका थिए ।

No description available.

उद्घाटन समारोहमा तामाङ पत्रकार संघका केन्द्रीय सदस्य मिलन दोङ, राष्ट्रिय प्रशिक्षक विकास देव योन्जन, तामाङ चलचित्रका नायक टुल्साङ मोक्तान, तामाङ चलचित्र निर्माता एवम् निर्देशक विनय दोङ तामाङ लगायतका व्यक्तित्वहरुको उपस्थितिमा पहिलो दिनको कार्यक्रम सम्पन्न भएको छ ।

No description available.

करिब २२ जना प्रशिक्षार्थीहरु सहभागी रहेको उक्त तालिममा राष्ट्रिय प्रशिक्षक विकास देव योन्जनले व्यक्तित्ब विकास तथा उद्घोषण सम्बन्धि तालिम दिएका छन् । छापा तथा अनलाइन सम्बन्धि तालिम दोस्रो दिनदेखि बरिस्ठ संचारकर्मी एवम् प्रशिक्षक अमरध्वज तामाङले दिइनेछ । कार्यक्रमको तेस्रो दिन बागमती प्रदेशका उपसभामुख राधिका तामाङको प्रमुख आतिथ्यमा समापन हुनेछ ।

No description available.

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

रमेश श्रेष्ठको गैरकानुनी धन्दामाथि छानबिन गर !

काठमाडौं । युएईमा दर्ता भएको नेपाली संस्था नेपाल एसोसिएसनका अध्यक्ष रमेश श्रेष्ठले दुबईमार्फत अष्ट्रेलिया पठाउँछु भन्दै दर्जनौं युवाहरूमार्फत् लाखौँ रकम

उज्यालो प्रतिनिधि ९ माघ २०७८, आईतवार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार